नक्कली सुन देखाउँदै ठग्ने महिला पक्राउ

तनहुँ : नक्कली सुन देखाएर धनमाल लुट्ने काममा संलग्न रहेको भन्दै प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

गोरखा पालुङटार घर भएकी राधा थापालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीका अनुसार उनले यसअघि पनि पोखरालगायत ठाउँमा यस्तै ठगीमा संलग्न रहँदै आएकी थिइन् ।

सीसीटीभी फुटेजका आधारमा उनलाई गत शनिबार प्रहरीले व्यास नगरपालिका–२ गणेशमान चोकबाट पक्राउ गरेको हो । नक्कली सुन दिएर त्यसको बदलामा एक तोलाको सुनको सिक्री र आधा तोलाको सुनको औंठी लुटेर फरार भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पीडित महिलाले दिएको हुलियाका आधारमा खानतलासी गर्दा थापाको साथबाट नक्कली गहनाहरु सिक्री १ थान, टप १ जोर, औठी २ थान, जुली ३ जोर समेत फेला परेको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए ।

तनहुँ अदालतमा थापाविरुद्ध ठगी मुद्दामा अनुसन्धानका लागि म्याद लिएर अनुसन्धान भइरहेको बताइएको छ ।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *