नक्कली नोट र नोट छाप्ने मेसिनसहित श्रीमान–श्रीमती पोखराबाट पक्राउ

📰📻

कास्की – नक्कली नोट र नोट प्रिन्ट गर्ने रंगिन प्रिन्टरसहित २ जना पोखराबाट पक्राउ परेका छन् । 

नक्कली नोट दिएर रिचार्ज कार्ड लिएर फरार रहेको सूचनाको आधारमा प्रहरीले मकवानपुर हेटौंडा घर भई हाल पोखरा महानगरपालिका–५, प्रस्याङ स्थित धारामार्गमा डेरा गरी बस्ने ३२ वर्षीय नरेश लामा र उनकी श्रीमती २५ वर्षकी सरस्वती बलामीलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट १ हजारका १९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने १ थान कलर प्रिन्टर, एनटीसी र एनसेलका ९० हजार बराबरको रिचार्ज कार्ड, एउटा ल्यापटप, २ वटा मोबाइल र केही भारतीय नोट बरामद भएको प्रहरीले जनाएको छ । 

उनीहरुमाथि थप अनुसन्धान चलिरहेको कास्की प्रहरीले जनाएको छ ।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *