देउराली ब्यन्डद्वारा समय सान्दर्भिक प्रस्तुती

15 / 100

पोखरा । Sujin Lohorung

५० को दशकमा रामबजार, पोखराको सांगितिक समुह “देउराली ब्याण्ड”को एउटा गीत खुब बज्थ्यो –
ढुंगे साँघुको मेलामा भेट भएको बेलामा
कान्छीलाई अंगालो हालु चुमी दिउंकी मेलामा

त्यो लगायत अन्य थुप्रै गीत चर्चित थियो । त्यति बेला (आज भन्दा २०-२२ अघि) ब्याण्ड आँफै र ब्याण्ड मेम्बर आँफै अल्लारे थिए गीत नि माया प्रेम र अंगालो हाली चुम्ने गीत गाए । तर अहिले ब्याण्ड पनि पुरानो भयो । बुझाई पनि समय र उमेर सँगै फेरियो । यो कोरोना समय सन्दर्भको एक गीत :

रचना अर्जुन घोथाने गुरुङ :
दुई हात🙏जोडी यो सन्देश हो हजुरहरुलाई
रहर होइन बाध्यता छ अहिलेलाई
संयमता अपनाई घरमै बसौं
यो सन्देश हो सबैलाई

देउराली ब्याण्ड मेम्बरहरु :
स्वर : तिलक गुरुङ
साथ : शान्त बज्राचार्य
बेस : तेज केसी
ड्रम : गुप्त गुरुङ
लिड् : सुमन तामाङ
रिदम लिड् : किरण बैध
मादल : बसन्त थापा


देउराली ब्यन्डद्वारा समय सान्दर्भिक प्रस्तुती

0Shares

Facebook Comments