थप १०६९ पुष्टि संगै नेपालमा कोरोना संक्रमित ४० हजार नाग्यो

coronal

5 / 100

१६ भाद्र, पोखरा
हुम बहादुर च्हाक्ली तमु

पछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोनाभाईरस संक्रमण पुष्टी भएको छ । मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले महिला ३४४ र पुरुष ७२५ जना गरी जम्म १०६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यो संगै देशभर कोरोना संक्रमितको कुल संखया ४०५२९ पुगेको छ । त्यस्तै गत २४ घण्टामा कोरोनाभाईरसबाट देशभर थप ११ जनको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुने कुल संख्य २३९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले ४ बर्षिय बालकसहित ११ जनाको मृत्य भएको बताए । महोत्तरीमा ४ बर्षिए बालिका सहित २ जनाको मृत्यु भएको छ । यस्तै पर्साका ३ जना र काठमाण्डौका २ जनको पनि मृत्यु भएको छ । यसैगरी सिरहा, बारा, चितवान र मकवानपुरका १–१ जनको समेत मृत्यु भएको गौतमले बताए ।
गण्डकी प्रदेशमा २४ घण्टामा ४४ जनामा कोरोना पुष्टी भएसंगै कुल २२१० जना संक्रमण पुष्टि भएको छ । त्यस्तै १७१२ जना कारोना निको भएर घर फर्किन सफल भएको छ भने ४८४ जना उपचार गरिरहेको छ । हालसम्ममा गण्डकी प्रदेशमा कारोनाबाट १४ जनाको मृत्यु भएको छ ।

0Shares

Facebook Comments