तमु साँस्कुतिक प्रतिष्ठान नेपाल द्धारा छात्रवृत्ति प्रदान


फागुन २,
भिम गुरुङ, बुटवल
तमु सांस्कुतिक प्रतिष्ठान नेपाल द्धारा तराइका दुइ जिल्लाहरु रुपन्देही र नवलपरासीका तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । उच्च शिक्षा हाम्रो लक्ष्य भन्ने मुल नाराका साथ आम तमुहरुमा शैक्षिक जागरण ल्याउन गरिएको अभियान अनुसार रुपन्देही र नवलपरासीका सात जना तमु विद्यार्थीहरुलाई चार वर्षे छात्रवृत्ति एक कार्यक्रमका विच वितरण गरिएको हो । प्रतिष्ठानका अनुसार रुपन्देही जिल्लाबाट भविष्य निर्माण मावि देवदहका निशान गुरुङ र दुर्गादेवि आधारभुत विद्यालय अमुवाका मिरा गुरुङ साथै नवलपरासीबाट ज्योति मावि सनुवलका सन्दिप गुरुङ,अरनिको मावि सुनवलका पुजा गुरुङ,राष्ट्रिय मावि सुस्ताका डेनिस तमु, जनतामावि मध्यविन्दु नवलपुरका प्रश्ना तमु र अरनिको मावि सुनवलका प्रेम तमुले वार्षिक आठ आठ हजारका दरले कक्षा १२ सम्मका लागि छात्रवृत्ति प्राप्त गर्न सफल भएको प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङले जानकारी गराएका छन् । कार्यक्रमको उदघाटन गर्दै तमु भाषा तथा खेमा लिपि अभियानता भिम तमुले शैक्षिक जागरण विना आम तमुहरुको सर्वाङगीण विकास हुन नसक्ने बताएका थिए । तमु सांस्कृतिक प्रतिष्ठान नेपालका आजिवन सदस्य समेत रहेका तमुले राज्यको हरेक तहमा तमुहरुको पहुच पुर्याउन पनि उच्च शिक्षामा दक्षता हासिल गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै तमु संस्कृतिविद ठाकुर जंग तमुले विगतमा हामी तमुहरुले शिक्षामा भन्दा वढि बैदेशिक रोजगारमा ध्यान दिएकाले देशको सबै तहमा गुरुङहरुको न्यन उपस्थिती रहेको बताएका थिए । तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद नवलपरासीका अध्यक्ष पुराण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तमुस्यो ह्युल छोंज घिं गुरुङ महिला परिषदका वरिष्ठ उपाध्यक्ष टिचन तमु , तमु प्ये ल्हु संघका लुम्विनी प्रदेश अध्यक्ष तेजबहादुर तमु ,शिक्षक दामोदर ढकाल र अभिभावक धनबहादुर गुरुङले पोखराबाट सञ्चालित तमु सांस्कृतिक प्रतिष्ठानले रुपन्देही र नवलपरासीका गरिव तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेकोमा खुशि व्यक्त गरेका थिए । कार्यक्रम सचिव इन्द्र गुरुङको सञ्चालनमा र तमु प्ये ल्हु संघ अरनीको वस्ती नवलपरासीका सचिव विजय गुरुङको स्वागतमा सम्पन्न भएको थियो ।


Facebook Comments