तमु संस्कृति प्रतिष्ठान नेपालले १६ तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण


हुम तमु
२०७७ माघ २७
पोखरा
तमु संस्कृति प्रतिष्ठान नेपालद्धारा तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । तमु धिं नेपालमा औपचारीका कार्यक्रम गरी १६ जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई वितरण गरिएको हो । विभिन्न जिल्लाको कक्षा ८ पास गरी ९ कक्षामा भर्ना भएका तमु विद्यार्थीहरुमध्येबाट मनोनित गरिएका थियो । मनोनित विद्यार्थीहरुलाई खादा लगाई प्रमाण–पत्र र नगद प्रमुख अतिथि विशेष अतिथि तथा अतिथिहरुद्धारा हस्तारण गरिएको थियो । छात्रवृत्ति पाउने विद्यार्थीहरुमा कास्कीको ७, स्याङ्गजाको ४, तनहुको २, मुस्ताङ्गको २, लमजुङ्गको १ जना रहेको थियो ।


तमु जातिको भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षण र सम्बर्धन गर्दै समग्र गुरुङ्ग (तम्ु) बर्गको नयाँ पिढीलाई उच्च शिक्षा हासिल गर्नको निम्ति प्रोत्साहित गर्ने उद्देश्यले गरिव तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो ।


कार्यक्रममा प्रदेश संसद माननिय इन्द्रधार विष्टको प्रमुख आतिथ्यतामा तमु समाज पोर्चुगलका अध्यक्ष विकास तमु तमु धिं नेपालका अध्यक्ष, तथा वाईवाई नेपाल स्टारको पहिलो विजेता एलिना तमुस्यो तथा अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।




Facebook Comments