‘ चौथो बिरेन स्मृति १४ औं बि.टी कप’ सेभेन ए साईड फुटबल प्रतियोगिता पोस्टपोन्ड


पोखरा ।
बुद्धटोल युवा क्लब पोखराले आयोजना गर्ने भनिएको ‘ चौथो विरेन स्मृति १४ औं बि.टी कप’ केही समयको लागि स्थगित गरिएको छ ।
विश्वभर महामारीको रुपमा फैलिरहेको ‘कोभिड १९’ कोरोना भाईरसको उच्च सर्तकता अपनाउदै चैत १९ देखी हुने भनिएको ‘बि.टी कप’ सेभेन ए साईड फुटबल प्रतियोगिता पोस्टपोन्ड गरिएको क्लबका उपाध्यक्ष असिम थापाले जानकारी दिए ।
उनका अनुसार क्लबका सदस्य स्व. बिरेन गुरुङको स्मृतिमा विगका वर्ष देखि नै उक्त कप सञ्चालन गरिदै आएको छ ।


थापाले नेपाल सरकारको नयां सुचना जारी नगरेसम्म उक्त कप स्थगित गरिएको बताउदै पछि अर्काै मिति तय गर्ने जानकारी दिए । उक्त प्रतियोगिताकाे अघिल्लाे संकरणहरुमा करिब ५० टिमको सहभागिता रहदै आएको थियो ।
कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले कोरोनाको उच्च सतर्कता अपनाउदै चलचित्रघर, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेलस्थल, शारीरिक व्यायामस्थल, हेल्थ क्लब, सङ्ग्रहालय, स्विमिङपुल, मनोरञ्जनस्थल, डान्सबारहरु लगायतलाई बन्द गर्ने घोषणा गरिसेको छ ।
त्यस्तै सार्वजनिक स्थलमा २५ जना बढिको सँख्यामा भेला हुन मनाही गरेको छ ।
Facebook Comments