चीनमाथि नेपालको फराकिलो जित, ११ बलमै खेल जित्यो

मलेसियामा जारी आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को पाँचौ खेलमा नेपालले चीनलाई फराकिलो अन्तरले हराएको छ।

चीनले दिएको २७ रनको लक्ष्य पछ्याएको नेपालले बिना कुनै विकेट क्षति १.५ ओभरमा पुरा गरेको हो।

नेपालका लागि बिनोद भण्डारीले ८ बल खेल्दै १ छक्का र ३ चौकासहित २४ रन बनाए भने प्रदीप ऐरीले ३ बल खेल्दै ४ रन बनाएका थिए।

यसअघि बायोमास ओभल क्रिकेट मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको चीनले निर्धारित २० ओभरमध्ये १३ ओभरमा अलआउट हुँदै २६ रनमा समेटियो।

चीनलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछाने, ललित राजबंशी र बसन्त रेग्मीले समान ३-३ विकेट लिए। एक विकेट रन आउट बाट लिएको थियो।

चीनका लागि हङ जियान याङले सर्वाधिक ११ रन बनाए।यस्तै डेन्जी मा ले ५ तथा चेन जिनफिङले १ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्समेनले रन लिन सकेनन्।

जारी प्रतियोगिताकै सबैभन्दा बलियो टिम रहेको नेपाल २ खेल अगाडिनै छनोट भइसकेको छ। यस्तै दुई खेल अगाडिनै छनोटबाट बाहिरिसकेको चीन प्रतियोगिताकै सबैभन्दा कमजोर टोली हो।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *