चितुवाको आक्रमणबाट शुक्लागण्डकीमा २१ महिने बालिका घाईते

4 / 100

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ बन्केवामा सोमबार चितुवाको आक्रमणबाट  बालिका घाइते भएकी छिन् । शुक्लागण्डकी  ३ बन्केवा निवासी नारायण न्यौपानेको २१ महिने  छोरी संस्कृति न्यौपानेलाई आज साँझ चितुवाले आक्रमण गरेको हो । चितुवाको आक्रमणबाट घाईते  न्यौपानेको पेट, खुट्टासहित विभिन्न अंगमा चोट लागेको  इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक जगदिश रेग्मीले जानकारी दिए ।  घाईते बालिकाको दुलेगौँडा स्थित तनहुँ सेवा हस्पिटलमा सामान्य उपचार पश्चात थप उपचारको लागी पोखरा रिफर गरीएको छ । बालीकाको अवस्था खतरामुक्त रहको बताइएको छ । गत पुस १३ गते पनि सोहि वडाको वनकेवा रातमाटाका राजु नेपालीको २२ महिने छोरा रविन नेपालीको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।    

0Shares

Facebook Comments