चितिवाको आक्रमणबाट भयो बालिका पुजा को मृत्यु


पोखरा, २४ माघ / पोखरा महानगरपाकिला ३२ मा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । गए राति पोखरा ३२ कोठे गाउँकी ७ बर्षिया पुजा विकलाई चितुवाले आक्रमण गरेर खाएको छ ।
चन्द्रज्योति आधारभूत बिद्यालय डाँडा गाउँमा कक्षा ३ मा अध्ययनरत पुजा विकलाई बिहीबार साझ साथीको घरमा साथीसँग खेलेर फर्किने क्रममा चितुवाले आक्रमण गरेको स्थानीय नारायण प्रसाद पण्डितले जानकारी दिए
बालिका घर नफर्किएपछी पुजाका अभिवावकले खोजतलास गर्ने क्रममा चितुवाले खाएर क्षेतविक्षेत भएको अवस्थामा भेटिएको थियो । चितुवाले घरदेखी पर जंगलमा लगेर बालिकाको खाएको देखीको स्थानीय कविराज खनालले बताए । राति नै देखी स्थानीय र सुरक्षा निकायले चितुवाको खोजी गरेपनि नभेटिएको उनले बताए ।


Facebook Comments