गाबुडाँडा बहुउद्देश्य भवानको सिलन्यस विरुवा गा.पा.–२, स्याङ्गजा

13 / 100


हुम बहादुर च्हाक्ली तमु
२०७८ बैशाख ४, पोखरा
स्याङ्गजाको विरुवा गाउँपालिका वडा नं.–२ गाबुडाँडामा गाबुडाँडा बहुउद्देश्य भवान शिलन्यस गरेको छ । प्रतिनिधि सभा सदस्य माननिय नारयण प्रसाद मरासिनीको प्रमुख आतिथ्यता, विशेष अतिथि प्रदेश सभा सदस्य दिपक चर्ति मगर, विरुवा गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माको उपस्थितिमा भवान शिलन्यस गरिएको हो ।


भवन संघिय क्षेत्र बिकास कोषबाट विनियोजित रु १० लाख बजेटबाट निर्माण कार्य शुरु गरिए हो । उक्त बजेटबाट निर्माण सम्पन्न नहुने हुदा निर्माण सम्पन्न गर्नका लागी थमन गुरुङ्गको संयोजकत्वमा निर्माण समिति बनाएको छ । भवान निर्माण सम्पन्न गर्नका लागी विभिन्न सरकारी निकाय, संघसंस्था, व्यावसायी, तथा प्रतिस्ठित व्यक्तित्व तथा व्यक्तिहरु सम्पूर्णमा आर्थिक, भौतिक, नैतिक रुपमा सहयोगको आह्वन गरिएको छ ।


औपचारी रुपमा नोम गुरुङ्गद्धारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य टोल संयोजक कर्ण सिं गुरुङ्गले गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष बुद्ध बहादुर आले तथा सदस्यहरु लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको जानकारी निर्माण समितिका संयोजक थमन गुरुङ्गले जानकारी दिएको छ ।

0Shares

Facebook Comments