गण्डकी प्रदेशका पूर्वाधार आयोजनाको गति मन्द

k|b]z g+ $ sf] oxL df3 @@ ut] x'g] klxnf] k|b]z;ef a}7snfO{ nlIft ub}{ tof/ ul/Psf] a}7s ejg . tl:j/M jf;'b]j kf}8]n, kf]v/f, /f;;

मुस्ताङ ।     प्रदेश सरकारको नीति तथा योजना आयोगद्धारा बिनियोजित आर्थिक वर्ष २०७५÷०७६ अन्तर्गत मुस्ताङका अधिकांश आयोजनापछि परेका छन् । चालू आर्थिक वर्ष सकिन केही महिना रहे पनि आयोजनाको कुनै काम सुरुवात गर्ने लक्षण देखिएको छैन ।

प्रदेश पूर्वाधार विकास मन्त्रालयले यस वर्ष चारवटा मोटरेबल पुल, पाँचवटा ग्रामीण सडक विस्तार, केही झोलुंगे पुल, कृषि, सिँचाइ, स्वास्थ्य र पर्यटनलगायतका आयोजना घोषणा गरिए पनि कार्यान्वयन प्रक्रियामा ढिलाइ भइरहेको छ ।

प्रदेश सरकारले गर्ने भनिएका चारवटा पुलमध्ये मार्फा–चिमाङ र लेते–धम्पु जोड्ने दुईवटा मोटरेबल निर्माण भर्खर सुरुवाती चरणमा छन् । तर, बाँकी लोघेकर दामोदरकुण्डको ध्ये–ताङ्ग्या र स्याङ–ढुम्बा जोड्ने पुलको जेनतेन माटो परीक्षण भएको जनाइएको छ । यी आयोजना भर्खर सुरुवात हुने लक्षण देखिए पनि निर्माणको काम थालनी यस वर्ष गर्न मुस्किल देखिएको हो ।

सडकतर्फको अवस्था पनि उस्तै देखिएको छ । प्रदेशका पाँचवटा सडक निर्माण आयोजनामध्ये कागबेनी–पुडाक–झोङ ग्रामीण सडक स्तरोन्नतिको काम भइरहेको छ । बाँकी आयोजनाको काम कहिले सुरुवात हुने भन्ने अन्योल नै छ । प्रदेश सरकारले चालू आव थासाङको थम्पु–टिटी, कुञ्जो मोटरबाटो, घरपझोङको जोमसोम–ठिनी–ढुम्बा–छैरो जोड्ने रिङरोड सडक, वारागुङको कागबने–झोङ–पुडाक सडक स्तरोन्नति, लोघेकर ग्रामीण सडक र लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ–ठिङ्गर–किम्लिङ–नाम्डो सडक छन् । लोमान्थाङको रिङरोड सडकको केही महिनाअघि सर्भे भए पनि काम अघि बढेको छैन ।

यस्तै, मुस्ताङको जोमसोममा २५ शैया को अस्पताल निर्माण गर्ने लक्ष्यसहित बजेट विनियोजन भए पनि कुनै काम अघि बढेको छैन । सामाजिक बिकास मन्त्रालयले यहाँ सुविधासम्पन्न २५ शैया को अस्पताल निर्माणका लागि ६ करोड बजेट विनियोजन गरेको हो ।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *