खोप प्रमाणपत्र अबदेखि जिल्ला अस्पतालबाट पाइने


अबदेखि कोरोनाभाइरस विरुद्ध लगाइएको खोपको प्रमाणपत्र ७७ वटै जिल्ला अस्पतालबाट पाइने भएको छ ।
स्वास्थ्य सेवा विभागले बुधबार देशका सबै जिल्ला अस्पताललाई परिपत्र गर्दै खोप लगाएको प्रमाणीकरण गर्न निर्देशन दिएको हो ।
विदेश जाने श्रमिक तथा विद्यार्थीलाई काठमाडौंमा खोप लगाएको प्रमाणपत्र लिन सकस भएपछि सरकारले सबै जिल्लाबाट प्रमाणपत्र दिने व्यवस्था गरेको हो ।
Facebook Comments