कोरोना संक्रमित १०४२ पुग्दा यस्तो छ जिल्लागत तथ्यांक


बिहिबार नेपालमा अहिलेसम्मकै धेरै सङख्यामा कोरोना सङक्रमितहरु भेटिएका छन् । पछिल्लो २४ घन्टामा १५६ जना नयाँ सङक्रमित फेला परेका हुन् । योसँगै नेपालमा कोरोना भाइरसबाट सङक्रमित हुनेको संख्या १ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार कोरोना भाइरसबाट १०४२ जना सङक्रमित भएका छन् भने १८७ जना उपचारपछि निको भएर फर्केका छन् । ललितपुरमा थप एक जनाको ज्यान गएसँगै ५ जनाले कोरोनाको कारण ज्यान गुमाउनु परेको छ ।
जिल्लागत विवरण
पछिल्लो तथ्यांक अनुसार तीनवटा जिल्लामा कोरोना भाइरस संक्रमणको संख्या ३ अंक (१०० वा सो भन्दा माथि) पुगेको छ । जसमा सबैभन्दा धेरै बाँके जिल्ला १७१ जना, रौतहटमा १२४ जना र कपिलवस्तुमा १०९ जना सङक्रमित भेटिएका छन् ।
दोहोरो अंक (१० वा सो भन्दा माथि) मा सङक्रमित भेटिएका जिल्लाको सङख्या १६ पुगेको छ । ति जिल्लाहरुमध्ये सबैभन्दा धेरै पर्सामा ९५ जना, झापामा ७७ जना, बारामा ४९ जना, रुपन्देहिमा र धनुषामा ४४-४४ जना, सर्लाहीमा ४२ जना, उदयपुरमा ३३ जना, स्पतरीमा ३० जना, सुर्खेतमा २८ जना, महोत्तरीमा २२ जना, दाङमा २० जना, दैलेख र काठमाडौंमा १६-१६ जना, सिराहामा १३ जना, कैलाली र बर्दियामा १०-१० जना सङक्रमित फेला परेका छन् ।त्यस्तै बाग्लुङमा ८ जना, धनकुटामा ७ जना, नवलपरासी (पश्चिम), चितवन र मोरङमा ६-६ जना, बैतडी मकवानपुर र स्याङजामा ५-५ जना, भक्तपुर र गुल्मिमा ४-४ जना, धादिङ्ग, सुनसरी, नवलपरासी (पूर्व) र रुकुम पूर्वमा ३-३ जना सङक्रमितहरु भेटिएका छन् ।
१ जनामा सङक्रमित भेटिएको जिल्लाको संख्या १५ पुगेको छ । जसमा भोजपुर, कञ्चनपुर सिराहा, काभ्रे, सिन्धुपाल्चोक, खोटाङ्ग, दैलेख, ललितपुर, रामेछाप, सिन्धुली, लमजुङ्ग, डडेलधुरा, नुवाकोट, सोलुखुम्बु, बझाङ्ग, दार्चुला र एक (जिल्लाको नाम खुलेको छैन) रहेका छन् ।अहिलेसम्म १८७ जना सङक्रमितहरु उपचारपछि निको भएर फर्केका छन् । ती मध्ये पर्साका ९१ जना, उदयपुरका २८ जना, बाँकेका २३ जना, रुपन्देहीका ११ जना, काठमाडौंका ५ जना, कैलालीका ४ जना, रौतहटका ३ जना छन् ।
त्यस्तै झापा, बारा, धनुषा, सर्लाही, बर्दिया, बाग्लुङ, चितवन, भक्तपुर, धादिङ्ग र जिल्लाबाट २-२ जना सङक्रमित निको भएका छन् ।कपिलवस्तु, दाङ, भोजपुर र कञ्जनपुर गरी चार जिल्लाका १-१ जना सङक्रमितहरु निको भएका छन् ।सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा र ललितपुर जिल्लाका १-१ जना गरी ५ जनाले कोरोनाको कारण ज्यान गुमाइसकेका छन् ।
Facebook Comments