कक्षा ११ को नतिजामा लापरबाही भएको भन्दै विद्यार्थीहरु आन्दोलनमा

?????

राष्ट्रिय परिक्षा बोर्डले शनिबार मात्र प्रकाशन गरेको कक्षा ११ को नतिजामा चरम लापरबाही भएको भन्दै पोखाराका विद्यार्थी

आन्दोलित भएका छन् । जनप्रिय बहुमुखी क्यामसका कक्षा १२ का विधार्थीहरुले राष्ट्रिय परिक्षा बोर्डको पार्दी स्थित पोखरा कार्यालयमा नाराबाजी

गरेका छन् ।

विशेष गरि रसायानिक विज्ञान ९केमेस्ट्री० विषयको नतिजामा ग्रेड न्यून आएको भन्दै विधार्थीहरु आक्रोशित भएका हुन । कलेजका अन्य

परिक्षाहरुमा उत्कृस्ट ग्रेड ल्याएका मेधावी विधार्थीहरुको अप्रत्याशित नतिजा आएको र त्यो असम्भव रहेको जनप्रिय बहुमुखी क्याम्पसका

स्ववियु सभापति आशीक गुरुङले बताए ।

हामीले अत्यन्तै मिहेनत गरेर परिक्षामा सहभागी भएका थियौं, र परिक्षा पनि अत्यन्तै राम्रो भएको थियो तर रास्ट्रीय परिक्षा बोर्डको चरम

लापरबाहीले गर्दा हाम्रो नतिजा नराम्रो आएको र हाम्रो भविष्यनै अन्धकार भएको जनप्रिय बहुमुखी क्याम्पस कक्षा १२ मा अध्यनरत सारा

बास्तोलाले बताईन् ।

विधार्थीहरुको भविष्यनै धरासायी बनाएर नतिजा जस्तो गम्भीर विषयमा ठुलो लापरबाही गरेको परिक्षा नियन्त्रण कार्यालय र रास्ट्रीय परिक्षा

बोर्डले तत्काल उक्त नतिजा पुनर्योग र पुनपरिक्षण गरेर नतिजा छिटो भन्दा छिटो नसच्याएमा विधार्थीको हकहितका लागि जस्तो सुकै

आन्दोलन गर्ने चेतावनी जनप्रिय बहुमुखी क्याम्पस अनेरास्ववियुका नेता बिनोद भण्डारीले दिएका छन् ।

यस्तो गम्भिर विषयमा पानीकाले चरम लापरबाही गरेको छ, उक्त नतिजा तत्काल नसच्याए प्रत्यक क्याम्पस देखि केन्द्र सम्म आन्दोलन

चर्किने र रास्ट्रीय परिक्षा बोर्ड, परिक्षा नियन्त्रण कार्यालयले चर्को मूल्य चुकाउनु पर्ने जनप्रिय बहुमुखी क्याम्पस अनेरास्ववियु क्रान्तिकारीका

नेता विशाल तामांगले बताए ।
हिजो प्रकाशित नतिजा अनुसार नियमिततर्फ जीपीए ३।६५ देखि ४ सम्म ल्याउने एक हजार एक सय १५ विद्यार्थी छन् । जीपीए ३ देखि

३.६० ल्याउने आठ हजार नौ सय ४९,जीपीए २.८१ देखिजीपीए ३।२० ल्याउने २४ हजार पाँच सय १५ विद्यार्थी छन्।

त्यसैगरी २.४१ देखि २.८० ल्याउने ४८ हजार सात सय ३१,जीपीए २।१ देखि २।४० ल्याउने ८६ हजार सात सय ७०, जीपीए १।६१ देखि

२ ल्याउने ९२ हजार पाँच सय ९३ रहेका छन् । जीपीए १।२१ देखि १।६० ल्याउने ४१ हजार चार सय ६, जीपीए ०।८१ देखि १।२० ल्याउने

आठ हजार एक सय २७ रजीपीए ० देखि ०।८० ल्याउने २० हजार ६ सय ८५ रहेका छन्। अंकाङ्कन पद्धतिमा परीक्षा दिएका आंशिक

विद्यार्थीमध्ये ३८.४१ प्रतिशत उत्तीर्ण भएका छन् ।

कक्षा ११ को परीक्षा गत बैशाख र जेठ महिनमा सञ्चालन गरिएको थियो । अघिल्ला वर्षहरुमा पनि बैशाख र जेठ महिनामा परीक्षा सञ्चालन

भएपनि नतिजा भने पुस वा माघमा मात्रा सार्वजनिक हुन्थ्यो ।

बोर्डका अनुसार यसपटक ५ लाख ४८ हजार विद्यार्थीहरुले परीक्षाका लागि आवेदन भरेका थिए भने ४० हजार विद्यार्थी परीक्षामा सहभागी

भएका थिएनन् ।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *