एमसीसी जस्केलाबाट होइन, मुल ढोकाबाटै आएको हो: प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी जस्केलाबाट छिराउन खोजेको भन्ने भनाईलाई खण्डन गरेका छन् । नीति तथा कार्यक्रममा परेको रातमाटे, दमौली, हेटौडा, बुटवल ट्रान्समिसनलाई निर्माण गर्ने योजना अघि सारेपछि सत्तारुढ दलकै नेताहरुले एमसीसीलाई नीति तथा कार्यक्रममा जस्केलाबाट छिराएको भन्दै आपत्ति जनाएका थिए । तर प्रधानमन्त्रीले त्यसको जवाफ दिदै प्राविधिक र विज्ञहरुले दिएको सुझावका आधारमा रातमाटे,दमौली बुटवल ट्रान्समिसन विस्तारको योजना अघि सारको बताए । उक्त योजनामा आशंका नगर्न सुझाव दिँदै प्रधानमन्त्री ओलीले विद्युत उत्पादन गरेपछि प्रयोग गर्नका लागि योजना ल्याइएको प्रस्टिकरण दिए । उनले जस्केलाबाट नभई मुलढोकाबाटै आएको भन्दै एमसीसीले नबनाए अरुले बनाउने जवाफ दिए ।
जलश्रोतको धनी देश भन्ने, विद्युत उत्पादन डोकामा बोकेर लैजान नसकिने बताए । उनले एमसीसी अघिल्लो सरकारले सम्झौता गरेको र अभिछिन्न उत्तराधिकारवाला सरकारले अघिल्लो सरकारको सम्झौता भनेर अलपत्र छोड्न नसक्ने बताए । सम्झौता गर्नेवेलामा राष्टिय हितका सवालमा होसियार हुनुपर्ने प्रधानमन्त्रीको भनाई छ । दलहरुमा भिन्नता हुनसक्ने र छलफल गर्न सकिन्छ भन्दै एमसीसी पास गर्ने कुरा सदनको अधिकार र निर्णयको कुरा भएको प्रधानमन्त्रीको भनाई छ ।
उनले एमसीसी संसदको सम्पत्तिका रुपमा आएको बताए । उनले एमसीसी पास नभएपनि रातमाटे, दमौली, हेटौडा बुटवल ट्रान्समिसन लाइन पेट काटेर भएपनि बनाउने बताए । उनले केही समयमा कोरोना पनि नियन्त्रण गरी र विकसित राष्ट्र बनाउने योजना सरकारको रहेको जवाफ दिए ।
Facebook Comments