एमसिसि खारेजमा १४ दलको विरोध सभा हुने


mcc ko biroad
एमसिसि खारेजमा १४ दलको विरोध सभा हुने


अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमीसी) सम्झौता खारेजीकाे माग गर्दै आएका नेकपा(क्रान्तिकारी माओवादी),नेकपा (मसाल) लगायतका १४ राजनीतिक दलहरुले पाेखरामा संयुक्त विराेध प्रदर्शन गर्ने भएका छन्।
२०७७ असोज १६ गते शुक्रबारको राष्ट्रिय जनमाेर्चा´ गण्डकी प्रदेशका अध्यक्ष शंकर बरालको अध्यक्षतामा पोखरामा बसेको १४ राजनीतिक दलहरुकाे बैठकले यही असोज २१ गते गण्डकी प्रदेश प्रतिनिधि सभा अगाडि अर्थात पोखरा सभागृह चोकमा विरोध कार्यक्रम गर्ने तय गरेकाे हाे।सो बैठकमा नेकपा(क्रान्तिकारी माओवादी)का गण्डकी प्रदेश सेक्रेटरी क.केश बहादुर परियार,केन्द्रिय सदस्य नारायण अधिकारी,केन्द्रिय सदस्य क.बाबुराम सुवेदी,नेकपा (मसाल)का कास्की प्रवक्ता क.चन्द्रबहादुर केसी, नेकपा (माले)का केन्द्रीय सदस्य क.होमनाथ गिरी, केन्द्रीय सदस्य क. टेक नाथ भण्डारी,देजमो गण्डकी प्रदेश अध्यक्ष क.नेत्र रानाभाट, राजमो कास्कीका अध्यक्ष क.रबिमोहन ढकाल, सहसचिव क. बिक्रम थापा ,नगर समिति अध्यक्ष क. बिष्णु पुरी,नेकपा (माओवादी केन्द्र )का गण्डकी प्रदेश सेक्रेटरी भोजराज त्रिपाठी,अनेरास्ववियु (छैठौ) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी, जनजाति सम्मेलन क्षेत्रीय सदस्य क.डम्बर थापा,र उधोग ब्यापार संघका केन्द्रीय सदस्य क.सन्तोष पौडेल लगायतका नेताहरुको सहभागीता थियो।
Facebook Comments