एकैदिन कोरोनाबाट थप दुईजनाको मृत्यु

coronal

15 / 100
annapurna post

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण २४ घण्टामा बर्दियाका दुईजनाको मृत्यु भएको छ । बाँकेस्थित कोहलपुर मेडिकल कलेज तथा भेरी अस्पताल नेपालगञ्जमा उपचाररत उनीहरुको कोभिड संक्रमणका कारण मृत्यु भएको हो ।

कोभिड संक्रमित बर्दियाको ठाकुरबाबा नगरपालिका ७ का ६४ वर्षीय पुरुष तथा बारबर्दिया नगरपालिका ३ का ३९ वर्षीय पुरुषको उपचारका क्रममा चौविस घण्टाभित्र मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए ।

खोकी लागेर उपचारमा रहेका ठाकुरबाबाका पुरुषको कोहलपुर मेडिकल कलेजमा मंगलबार र ज्वरो, खोकी, श्वास फेर्न कठिन भएको बारबर्दियाका पुरुषको बुधबार भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक बारबर्दिया नगरपालिकाका पुरुष जनप्रतिनिधि हुन् । मधुवन नगरपालिका वडा नम्वर ९ का ७८ वर्षीय  पुरुषको भाद्र १ गते कोहलपुर मेडीकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । बर्दियामा पीसीआर परीक्षण गराएका ११ हजार १ सय जना मध्ये ५ सय ९५ जनाको नतिजा पोजिटिभ आएको र २ सय ४६ जनाको नतिजा आउन बाँकी छ । संक्रमितमध्ये ४ सय ३८ जना निको भइसकेकाले १५६ जना उपचारमा रहेको गिरीले बताए ।

कोरोना महामारीको जोखिम बढ्दै गैरहेकोले हरेक व्यक्ति आफै संवेदनशिल भएर स्वास्थ्यको मापदण्ड पूरा गर्नुपर्छ । प्रमुख गिरीले भने बन्दाबन्दी खुलेपनि कोरोना सकिएको छैन । सामाजिक दुरी, मास्क तथा सेनिटाइजरको प्रयोगलाई निरन्तरता दिन उनले आग्रह गरे । बर्दिया अस्पतालमा अक्सिजन आइसकेकाले उपचार व्यवस्थापनको पूर्ण तयारी भइरहेको बताए 

0Shares

Facebook Comments