आमा


मुक्तक
विमल खरेल
बुझ्न सकिन हजुरको मन किन हो आमा?
कसैले लगाए छन् कि वचन किन हो आमा
केही दिन देखि अँध्यारो छ हजुरको मुहार
आँखाभरि आँसुका ढिका छन् किन हो आमा?
यता बोलाउँदा उता जानीलाई के भनौं
यस्तो मुर्ख यस्तो अज्ञानीलाई के भनौँ
त्यो काम सम्भव छैन थाहा हुँदा हुँदै पनि
पानीमाथि आगो बाल्ने बानीलाई के भनौं
बर्सिन थाल्छन् आँसुका ढिका दशैं नाआए हुन्थ्यो
लिएर झमेला नानाथरीका दसैं नआए हुन्थ्यो
घरमा आएका पाहुनालाई खुसी बनाउन सकिंदैन
छैन खाने अन्न लगाउने टिका दशैं नआए हुन्थ्यो
Dhorphan 5 baglung
Facebook Comments