आज विश्व मिर्गौला दिवस, प्रधानमन्त्रीकाे पैदलयात्रा


आज विश्व मिर्गौला दिवस । नेपालमा ‘मिर्गौला स्वास्थ्य सबैका लागि सबै तिर’ भन्ने नाराका साथ मनाइँदै छ ।
हरेक वर्ष मार्चको दोस्रो बिहीबार मनाइने यो दिवस मृगौला सम्बन्धि सचेतना जगाउनका लागि सन् २००६ देखि मनाउन थालिएको हो ।
दिवसका अवसरमा प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल (पीएसआरएन) र स्वतन्त्र विद्यार्थी युनियनले बिहान शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओली कार्यक्रमका आयोजकसँगै पैदलयात्रामा सहभागी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सरकारले मिर्गौला रोगीका लागि देशका ४३ सरकारी तथा निजी अस्पतालबाट डायलासिस सेवा निःशुल्क गरेको छ। त्यसका साथै वीर, त्रिवि शिक्षण अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा मृर्गौला प्रत्यारोपण सेवा पनि उपलब्ध छ।
Facebook Comments