अमेरिकामा रहेको नेपाली मृत फेला : रिर्पोट आउन बाँकी


Medical workers in overalls stretch a patient under intensive care into the newly built Columbus Covid 2 temporary hospital to fight the new coronavirus infection, on March 16, 2020 at the Gemelli hospital in Rome. (Photo by ANDREAS SOLARO / AFP) (Photo by ANDREAS SOLARO/AFP via Getty Images)
एजेन्सी
अमेरिकाको न्यूयोर्क सिटीमा बस्दै आएका दुई जना नेपाली घरभित्रै मृत फेला परेका छन् । नेपालमा मुस्ताङ घरभएका अन्दाजी ४० बर्षका दुई जना नेपाली मृत भेटिएको नुप्रि एसोसिएसनका पूर्व अध्यक्ष मिङमार लामाले जानकारी दिएका छन् ।
न्युयोर्कको क्विन्सस्थित जमाइकामा बस्दै आएका सोनाम लामा र क्विन्स सन्नीसाइड बस्ने थोक्मे बिष्टको मृत्यु भएको जानकारी दिइएको छ ।
केही दिनदेखी बिरामी रहेका करिव ४० बर्षका सोनामको उनि बस्ने कोठाभित्रै मृत्यु भएको हो । लामो समय फोन सम्पर्क नभएपछि सोनाम बस्ने कोठामा पुगेर हेर्दा उनी मृत अवस्थामा थिए ।
यसैगरी करिव १२ बर्षदेखि अमेरिकामा बस्दै आएका थोक्मे बिष्टको पनि उनि बस्ने अपार्टमेन्टमा नै मृत्यु भेटिएका थिए । सुरुमा टाउको दुख्ने र स्वासप्रस्वासमा समस्या आएपछी स्थानिय अस्पतालमा उपचारका लागि लगिएको र केही दिन घरमै आराम गर्न भनिएको थियो ।
थोक्मेका एक श्रीमती र दुई छोरा काठमाण्ठौमा छन् । स्थानिय समाजसेवी राजकुमार बिष्टका अनुसार थोक्मेलाई पहिलेदेखी नै मुटुरोगको समस्या थियो ।
उनको मृत्यु कोरोना संक्रमणबाट भए नभएको भन्न ’boutमा परीक्षण गरिए पनि रिपोर्ट आउन बाँकी छ ।
Facebook Comments