अन्तरंग दृश्यका सम्बन्धमा प्रियंका


अभिनेत्री प्रियंका कार्कीलाई कथा काठमाडौंको अन्तरंग दृश्यले झन्डै दुई महिनासम्म टेन्सन दियो । सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म नकारात्मक टिप्पणी भएपनि प्रियंकाले प्रमोद अग्रहरीसंगको उक्त दृश्यका बारेमा कुनै प्रतिक्रिया जनाइनन् । एउटा विश्व प्रसिद्ध पोर्न वेबसाइटमा चलचित्रका ती दृश्य अपलोड भएपछि प्रियंका उक्त दृश्यका बारेमा मुख खोल्न बाध्य भइन् । हालै एक अभिव्यक्तिमार्फत प्रियंकाले ती अन्तरंग दृश्य सामान्य भएको दाबी गरेकी छिन् ।
‘त्यो गीतकै आधारमा चलचित्रका बारेमा आफ्नो धारणा व्यक्त गर्दा दर्शकले धेरै कुरा बुझ्नु हुन्न भनेर ट्रेलर सार्वजनिक भएपछि मात्र बोल्छु भनेर बसेकी थिएँ, त्यो दृश्यका कारण निर्देशक संगीता श्रेष्ठसँग बोलचाल नै बन्द नभएको अथवा सम्बन्ध नराम्रो भएको भन्ने कुरा गलत हो । ट्रेलर रिलिजका बेला म बाहिर भएकाले आउन पाइन ।
त्यसकारण पनि मानिसहरूलाई हामीबीच राम्रो सम्बन्ध छैन भन्ने लाग्यो होला, प्रियंकाको भनाइ छ–‘मलाई इन्स्टाग्रामलगायत विभिन्न माध्यमबाट दर्शकहरूले यस्तो अभिनय किन गरेको, तपाईंलाई मन नै नलागी–नलागी गरेजस्तो देखिन्छ भन्नुभएको छ ।’ प्रियंकाका अनुसार चलचित्रको विवादित दृश्यमा एउटा केटीलाई उसको प्रेमीले सेक्सुअल एब्यूज (यौन हिंसा) गरिरहेको छ र त्यो एकदम वास्तविक शैलीमा देखाइएको छ । धेरैले किन डाइरेक्ट त्यस्तो सिन दिएको ?
त्यसलाई ब्युटिफुल्ली प्रिजेन्ट गर्न सकिन्थ्यो भने, तर यौन हिंसाको दृश्य कहिल्यै सुन्दर हुन सक्दैन । लभ मेकिङ मात्र ब्युटिफुल हुन्छ । त्यहीकारण उक्त दृश्य आएको हो ।’ आफ्ना हुनेवाला श्रीमान् आयुष्मानले अन्तरंग दृश्य समेटिएको गीत हेरेपछि दिएको प्रतिक्रियालाई समेत प्रियंकाले सार्वजनिक गरेकी छन् । आयुष्मानको भनाइ थियो– ‘उसले यस्तो ट्यालेन्टेड मानिसलाई आफ्नी श्रीमतीका रूपमा पाउन लागेकोमा आफू भाग्यमानी भएको र गर्व लागेको बतायो ।’
Facebook Comments