अध्यक्ष कप २०७७, विरुवा गाउँपालिका, स्याङ्गजामा

8 / 100


हुम गुरुङ्ग
२०७७ फागुन १८, पोखरा,
स्याङ्गजाको विरुवा गाउँपालिकामा अध्यक्ष कप २०७७ आयोजना हुदै छ । “स्वास्थ्याको लागी खेलकुद राष्ट्रको लागी खेलकुद” भन्ने मुल नारालाई आत्मसाथ गर्दै पालिकाद्धारा चौथो अध्यक्ष कप आयोजना गरिएको हो । प्रतियोगतीमा वडा स्तरीय पुरुष तथा महिला भलिबल टिमको सहभागीता रहनेछ । प्रतियोगितामा पुरुष भलिबल तर्फ पुरस्कार प्रथम, द्धित्तिय, तृतिय र सानत्वना क्रमस ६० हजार, ४० हजार, २० हजार, १० हजार कप, मेडल, र प्रमाणपत्र रहेको छ । त्यस्तै महिला तर्फ क्रमस ३० हजार, २० हजार, १५ हजार, ५ हजार कप, मेडल र प्रमाणपत्र विजेताहरुले प्राप्त गर्नेछ ।

अध्यक्ष कप २०७७ फागुन २० गते देखी २२ गते सम्म विरुवा–६, चिन्नेवासमा सञ्चालन हुदैछ ।
प्रतियोगिताको मुख्य उघेश्य कुनाकुनामा लुकिरहेका प्रतिभाहरुको खोजी गरी प्रतिभा प्रस्फोटन गराई राम्रा खेलाडीहरुको पहिचान गर्नु तथा राम्रा खेलाडीहरको सम्मान गर्नु रहनेछ ।
विरुवा गाउँपालिकाद्धारा आयोजित अध्यक्ष कप २०७७मा राष्ट्रिय स्थतरमा ख्याती प्राप्त कलाकारहरु लोकदोहोरी गायक शंकर विरही गुरुङ्ग, चर्चित टेलिसंखला सक्कीगोनिका सागर आले (बल) हरि निरौला (कक्रोज) लोक प्रिय सर्जक एवंम गाएक शिव हमाल, सुजन लम्सालका साथै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने जानकारी अध्यक्ष कप व्यवस्थापक अब्बु मियाले जानकारी गराएको छ ।

0Shares

Facebook Comments