हावाहुरीले ७ वटा प्याराग्लाइडिङ फेवातालमा खसे, चाइनीज पर्यटक अस्वस्थ :

पोखरा, ३० असोज । हावाहुरीले पोखराको फेवातालमा ७ वटा प्याराग्लाइडिङ खसदा एक चाइनीज पर्यटक अस्वस्थ भएकी छन् ।

दिऊसो करिब साढे दुई बजे हावा हुरी र पानी आउदा ७ वटा प्याराग्लाइडिङ खसेका थिए । स्थानीय जलारी समुदायले तत्कालै उद्धार गरे पछि अन्यको सकुसल उद्धार भएको हो । घाईते चाइनीज पर्यटको पोखराको मेटोसिटि अस्पतालमा उपचार भईरहेको छ ।

स्थानीय व्यवासायी अजुर्न सुबेदीका अनुसार कालो बादल सँगै हावाहुरी आउदा आकासमा उडिरहेका प्याराग्लाइडिङ एक पछि अर्को गर्दै तालमा खसेको बताए । उनले स्थानीय जलारी समुदायले तत्काले उद्धार गरेका कारण कुनै क्षेति हुन नपाएको बताए ।

‘प्याराग्लाइडर सिधै खसेका होइनन्, हावाको चाप अनुसार विस्तारै सुरक्षित रुपमा तालमा झारिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरिक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।

प्याराग्लाइड र तालमा खसेलगत्तै त्यहाँ तैनाथ उद्धार डुंगाहरुले तत्कालै उद्धार गरेकाले कुनै मानवीय क्षति नभएको उनले जनाए ।

Published on: 2017-10-16




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np