पोखरामा नक्कली चुइगमको बिग्रबिगि, प्रहरीको छापा :

पोखरा, २ असोज । अन्तराष्टिय कम्पनीले उत्पादन गर्दै आएको सेन्टर फ्रेस चुईगमको नेपाली एक उद्योगल हुबुहु उत्पादन गरी पछि पोखराका बजारमा नक्कली चुइकमको विग्रबिगि भएको छ ।

अन्तराष्टिय कम्पनीले आफ्नो उत्पादन गरेपछि सम्बन्धी पक्षले प्रतिलिपी अधिकार हनन भएको भन्दै प्रहरी समक्ष उजुरी दिए पनि कास्की प्रहरीले पोखरामा छापा मारेको छ । भारतको हरियाणा स्थित परफेट्टी भान मेल्ले ईण्डिया प्राली उत्पादन गर्दै आएको सेन्टर फ्रेसको सुनसरीको एक कम्पनीले हुबहु नक्कल गरी सेन्टर फिल्जको नाम र स्टाईलको चुइगम उत्पादन गरेको भेटेपछि कम्पनीले प्रहरी समक्ष उजुरी दिएको छ ।

प्रहरीले छापा मादा पोखराको नारायण इन्टरप्राइजेजबाट ८८ जार चुइकम बरामद भएको कम्पनीका आनन्द कुमार तिवारीले जानकारी दिए । आफ्नो कम्पनीको चुइगमसंग मिल्ने नक्कली उत्पादनको लेआउट, अक्षर, रंग संयोजन, तस्वीर र डिभाईस, लगायत अन्य विशेषताहरु पिएमभी ईण्डियाको उत्पादनको हुबहु मिलेको उनले बताए ।

सुनसरीको दुहवी ४ स्थित पफ्रेक्ट फुड प्रालीले नक्कली सेन्टर फिल्ज निकालेको हो । आफूहरुको कम्पनीसँग मिल्ने गरी उत्पादन विक्री गरेर बजारमा उपभोक्ता तथा सर्वसाधरणलाई झुक्याएको भनि परफेट्टी भान मेल्ले ईण्डिया प्रालीले प्रहरीलाई गत साउन विराटनरमा उजुरी दर्ता गरेको थियो ।

दर्ता गरे पस्चात प्रहरीले पफ्रेक्ट फुड प्रालीमा गई ३० लाख मुल्य बराबरको नक्कली चुईगम समेत बरामद गरेको थियो । त्यस पछि यी दुई कम्पनी अदालत सम्म पुगेका छन् । सेन्टर फ्रेस इटालीयन कम्पनी हो ।

यो कम्पनीले १ सय भन्दा बढि देशमा यसको उत्पादन गर्दै आएको कम्पनीको हेड गु्रप लिगल आइपी हेर्दै आएका एलेक जेड्न विरागीले बताए ।प्रतिलिपी अधिकार ऐन, २०५९ बमोजिम ६ महिना सम्म कैद वा जरीवान दुवै हुन सक्छ ।’

Published on: 2017-10-13




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np