म्यादी प्रहरीमा आकर्षण, तीन दिनमा ४ हजार आवेदन :

२८ असोज, सिमरा । अगामि मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सुरक्षाकालागि म्यादी प्रहरीको भर्ना खुलेको दिनदेखि नै बारामा आवेदन भर्नेहरुको भिड लागेको छ ।

तीन दिनमै ४ हजारभन्दा बढी आवेदन परेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ । असोज २३ गतेदेखि ३० गतेसम्म म्यादी प्रहरीमा भर्ना हुन आवदेन खुल्ला गरिएको छ । पहिलो दिनमै एक हजार तीन सयभन्दा बढी आवेदन परेको थियो । तेस्रो दिनसम्म ४ हजारभन्दा बढी आवेदन परेको तर २ हजार ३ सय दर्ता गरिएको र बाँकी दर्ताको क्रममा रहेको बाराका प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साहले बताए ।

उनले म्यादी प्रहरीमा आवेदन दिनेको उत्साहले प्रहरीप्रति लगाव बढेको पुष्टि हुने बताए । जतिसक्दो सहज तरीकाले बिहान ९ बजेबाट नै आवेदन दिन सक्ने ब्यवस्था मिलाएको बारा प्रहरीको दावी छ । तर, आवेदकहरुले भने व्यवस्थापन राम्रो नहुँदा दुई दिनसम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । ब्यवस्थित तरीकाले आवेदन लिने काम नभएकाले समस्या परेको आवेदन दिन आएका राकेश साहले बताए ।

उनका अनुसार जिल्लाका ग्रामिण स्थानबाट आएकाहरु दुई दिन लगाएर भर्ना फाराम भर्न बाध्य छन् । आवेदन दिन हजारौंको संख्यामा उपस्थिति बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय बाराले कार्यालय नजिकै रहेको सिद्धेश्वर माध्यमिक विद्यालयमा आवेदन लिने ब्यवस्था मिलाएको छ ।

Published on: 2017-10-13




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np