विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु :

पोखरा, असोज ५ । पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु भएको छ ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा सुरु भएको नवदुर्गा महोत्सवको बिहीबार कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञ वहादुर थापाले शुभारम्भ गरे ।

महोत्सवको उद्घाट्नपछि विन्ध्यवासिनी मन्दिरबाट नवदुर्गाका नौ रुपको झाँकी, १०८ कलससहितको नवदुर्गा शोभायात्रा निकालिएको थियो ।

शोभायात्रामा विभिन्न भजन समूह, जातीय भेषभूषा, सांस्कृतिक झाँकीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, आमा समूह तथा विभिन्न धार्मिक, सामाजिक र शैक्षिक संघ संस्थाहरुको सहभागिता रहेको थियो ।

महोत्सवसँगै श्रीमद्भागवत देवी ज्ञान महायज्ञ समेत सुरु भएको छ ।

Published on: 2017-09-21




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np