खाद्य संस्थानमा खसी किलोको ४५५ र च्याङ्ग्राको ६७५ :

काठमाडौं, असोज ५ । नेपाल खाद्य संस्थानले दसैंका लागि बिहीबारदेखि खसी र च्याङ्ग्राहरुको बिक्री सुरु गरेको छ ।

संस्थानले मुस्ताङबाट काठमाडौंमा ५०० च्याङ्ग्रा र दाङको तुलसीपुरबाट २०० खसी भित्र्याएको हो ।

संस्थानले मुस्ताङबाट एक हजार च्याङ्ग्रा एवं तुलसीपुर र हेटौंडाबाट १५ सय खसी ल्याउने जनाएको थियो ।

बाँकी १३ सय खसी र ५०० च्याङ्ग्रा पनि शुक्रबारसम्म आइपुग्ने संस्थानका प्रवक्ता शंकर सापकोटाले जानकारी दिए ।

संस्थानले खसी र च्याङ्ग्रा बजार मूल्यभन्दा किलोको १० रुपैयाँ बराबरमात्र सस्तोमा बिक्री गर्दैछ ।

छुटसहित संस्थानले यो वर्ष च्याङ्ग्रा किलोको ६७५ मा र खसी ४५५ रुपैयाँमा बिक्री गदैछ ।

संस्थानले बोका पनि १० रुपैयाँ छुटसहित किलोको ४५० रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको छ ।

Published on: 2017-09-21




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np