कश्यप तालमा वेपत्ता तिमिल्सिनाको शव भेटीयो :

पोखरा,३० भदौ  पोखरा लेखनाथ महानगरपालीका २४ कास्कीकोटको कश्यप ताल (ठुलीपोखी)मा पौडने क्रममा वेपत्ता शिक्षकको शव शुक्रबार फेला परेको छ । विश्व ज्योती वोडीङ स्कुलमा अध्यपनरत शिक्षक शिव प्रसाद तिमिल्सिना विहीवार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।  

सशस्त्र प्रहरीको गोताखोर टोलीले १७ घण्टाको खोजी पछि शुक्रबार तालबाट शव निकालेको प्रहरीले जनाएको छ । ठाकुरप्रसाद तिमिल्सिना, शिव त्रिपाठी र शिवप्रसाद तिमिल्सिना विद्यालयवाट तालमा पौडी खेल्न गएका थिए । पौडिने क्रममा तिमिल्सिना बेपत्ता भएका थिए ।

पोखरीमा भएको जलकुम्भी झारले गर्दा शव निकाल्न कठिन भएको थियो । २१ वर्षका शिव तिमिल्सिना पोखरीमा डुवे पछि तत्काल स्थानीयले उद्रार गर्न खोजे पनि सफल हुन सकेनन् ।

घटना घटेको दुई घण्टा पछि सशस्त्र प्रहरीको गोताखोर टोलीले शुक्रबार साँझसम्म खोजी गर्दा पनि फेला पार्न नसकेपछि शुक्रबार विहानैवाट खोजी जारी रहेको थियो ।

विहान दश वजे शव पोखरीवाट निकालीएको हो । शव पोष्मार्टमका लागी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

Published on: 2017-09-15




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np