चीनमा शक्तिशाली आँधी, १२ को मृत्यु  :

दक्षिणी चीनमा शक्तिशाली समुद्री आँधीका कारण कम्तीमा १२ जनाको ज्यान गएको र सयौं मानिस घाइते भएको अधिकारीहरुले बताएका छन्। हाटो नामक आँधी बुधवार दिउँसो ग्वाङडुङ प्रान्तको जुखाइ शहरमा प्रवेश गरेको थियो। शक्तिशाली समुद्री आँधीले वर्षा पनि निम्त्याएको छ। हंगकंगले आँधीसम्बन्धी जोखिमलाई सबैभन्दा उच्च अर्थात् १० औं तहमा पुर्‍याएको छ।

ठूलो क्षति उक्त भूभाग र नजिकै पर्ने मकाउमा आवतजावत ठप्प भएको छ। समुद्री आँधीले बाढी निम्त्याउनुका साथै ठूलो क्षति पुर्‍याएको छ।

आँधीका कारण बिजुली आपूर्ति पनि बन्द भएको बताइएको छ। चिनियाँ सञ्चारमाध्यहरुका अनुसार मुख्य भूभागबाट २७,००० मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ। निर्देशन अधिकारीहरुले बाढीपहिरो लगायत प्रकोप आउन सक्ने भन्दै सजग रहन निर्देशन दिएका छन्।

हंगकंगको मौसमसम्बन्धी निकायले आँधी प्रतिघण्टा १७५ किलोमिटरको गतिमा रहेको जनाएको छ।

आँधीका कारण मकाउमा आठजनाको र चिनियाँ मुख्य भूभागमा चारजनाको ज्यान गएको बताइएको छ। आँधीका कारण बुधवार विद्यालय, उद्योग, रेल तथा हवाई सेवा ठप्प रहे।

Published on: 2017-08-24




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np