चितुवाको आक्रमणबाट महिला घाइते :

डडेल्धुरा, भदौ ८ । बैतडीको बिशालपुरमा चितुवा आक्रमणबाट महिला घाइते भएकी छन् । बिहीबार बिहान ९ बजे मैलौली नगरपालिका वडा नं ९ की ४० वर्षीय कुन्दा देवी भट्ट चितुवाको आक्रमणमा परि घाईते भएको स्थानीय जनप्रतिनिधि भीमदत्त भट्टले जानकारी दिएका छन् ।

आफ्नै खरबारीमा घाँस काटिरहेको अवस्थामा उनलाई चितुवाले आक्रमण गरेको बताइएको छ ।

चितुवाको आक्रमणमा परि बैतडीमामात्र २२ जनाले आफ्नो ज्यान गुमाइसकेका छन् भने कयौं घाइते भइसकेका छन् ।

घाइते भट्टलाई उपचारका लागि बैतडीस्थित जिल्ला अस्पताल लैजाने तयारी भइरहेको छ ।

उनको हात र नाकमा चोट लागेको छ ।

Published on: 2017-08-24




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np