अदुवा निकासी ठप्प हुँदा व्यापारी र किसान चिन्तित :

सुनसरी, भदौ ८ । भारतमा बस्तु तथा सेवा कर (जिएसटी) लागू भएपछि नेपालको अदुवा निकासी ठप्प हुँदा अदुवा व्यापारी र किसान चिन्तित बनेका छन् । १५ दिनदेखि अदुवा भारत निकासी हुन नसकेपछि बारीमै कुहिन लागेको भन्दै किसान चिन्तित बनेका हुन् ।

पूर्वी पहाडी जिल्लामा उत्पादन भएका अदुवाको मुख्य बजार नै भारत हो । ९० प्रतिशत अदुवा भारतका विभिन्न शहरमा निर्यात हुने गरेको छ । जेठदेखि असोजसम्म माउ अदुवाको मुख्य सिजन हो । तर, १५ दिनयता अदुवा पैठारी ठप्प छ । बजारमा हालसम्म २० प्रतिशत अदुवामात्रै गएको र ८० प्रतिशत किसानकै बारीमा भएकाले चाँडै भन्सार नखुले कुहिएर खेर जाने व्यापारी बताउँछन् ।

भारत सरकारले लागू गरेको नयाँ प्रणालीका कारण भारतीय व्यापारीले नेपालबाट अदुवा लैजान नमानेको कृषि उपज बजारस्थल सञ्चालक समितिका अध्यक्ष काजी गिरीले जानकारी दिए । अहिले धरान–१३ स्थित कृषि उपज बजारस्थलमा १२ गाडी अदुवा जाम भएर बसेको छ ।

अदुवा भारत निर्यात नभए नेपाली अदुवा उत्पादक किसान ठूलो नोक्सानमा पर्ने देखिएको छ ।

Published on: 2017-08-24




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np