सशस्त्र प्रहरी जवान मृत फेला, शव नजिकै छुरा भेटिएकाले हत्याको आशंका  :

भदौ ८ । राजश्व तथा भन्सार अनुसन्धान गुल्म कञ्चनपुर गड्डाचौकीमा कार्यरत सशस्त्र प्रहरीका जवान नरेन्द्र कुँवर मृत अवस्थामा फेला परेका छन् ।

भीमदत्त नगरपालिका–३ तिलकपुर स्थायी घर भएका २५ वर्षीय कुँवर काम सकेर बुधबार साँझ घर फर्किएका थिए ।

भिमदत्त नगरपालिका–६ ऐठपुर नजिकै सडकबाट केही तल बिहीबार बिहान उनको शव फेला परेको राजश्व तथा भन्सार अनुसन्धान गुल्म कञ्चनपुर गड्डाचौकीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम पाण्डेले जानकारी दिए ।

कुँवरले चढ्दै आएको म २ प ६२३ नम्बरको मोटरसाइकसमेत घटनास्थल नजिकै फेला परेको छ । प्रहरीले घटनास्थलबाट एउटा छुरासमेत फेला पारेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Published on: 2017-08-24




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np