पहिरो प्रभावित फालेलुङका परिवारलाई प्रभावित क्षेत्रमै गएर राहत प्रदान  :

पाँचथर, भदौ ८ । पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ३ का पहिरोबाट विस्थापित १ सय १४ परिवारलाई प्रभावित क्षेत्रमै पुगेर राहत रकम प्रदान गरिएको छ ।

बुधबार केन्द्रीय दैविक प्रकोप राहात समितिबाट आएको २१ सय प्रतिब्यक्तिका दरले २ सय २ जना ब्यक्तिलाई राहत प्रदान गरिएको जिल्ला दैविक प्रकोप राहत समिति तथा प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिए । यस्तै जिल्ला दैविक प्रकोप उद्धार समितिको तर्फबाट प्रतिपरिवार ३० केजीको चामालको बोरा, ३ केजी दाल, २ लिटर तेल, २ पोका आयो नुनका दरले २ लाख ४८ हजार ५ सयका दरले राहत सामाग्री वितरण गरिएको उनले बताए ।

यस्तै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरले भाडाबर्तनको सेट, कमल २ वटा, बाल्टी, डोरी, १ केजी दर भुजा र चिउरा, ३ प्यागेट चाउचाउका दरले १ सय १४ परिवारलाई राहत सामाग्री वितरण गरिएको शाखाका सभापति कृष्णप्रसाद बाँस्कोटाले बताए । यसअघि पनि रेडक्रसले १५ परिवारलाई खाद्यान्न सामाग्री र ४८ परिवारलाई त्रिपाल वितरण गरेको थियो ।

यस्तै पहिरोमा परेर मृत्यु भएका विष्णुभक्त राईको नातिनी प्रियाको परिवारलाई २ लाख रुपैयाँ र पहिरोले किचेर मृत्यु भएका फालेलुङ गाउँपालिका वडा नम्बर १ का त्रिलोचन विकको परिवारलाई २ लाख रुपैयाँ राहत रकम प्रदान गरिसकिएको जिल्ला दैविक प्रकोप उद्धार समितिले जनाएको छ । पहिरोमा परेर बेपत्ता भएका विष्णुभक्त र उनकी छोरी गंगाको भने अहिलेसम्म शव भेटन सकिएको छैन ।

पहिरोमा परेर त्यस वडाको खोलाघारी, खोलागाउँ, ताङलेपा, माङलेबुङका विस्थापित परिवारहरु अहिले छिमेकीको घरमा त कोही विद्यालयको प्रांगणमा शरण लिएर बस्न बाध्य छन् ।

Published on: 2017-08-24




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np