नवलपरासीमा भएको सवारी दुर्घटनामा  मृत्यु हुनेको संख्या ५ पुग्यो, फेरी अर्को दुर्घटना १२ घाईते

जेठ १२,  नवलपरासीमा आज भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने २५ जना घाईते भएका छन् । बिहान ५ बजे पुर्व पश्चिम राजमार्ग अन्तर्गत गैडाकोटको हर्कपुरमा भएको मिनीट्रक दुर्घटनामा ५ जनाको मृत्यु भएकोे हो । सल्यानबाट काठमाण्डौका लागि छुटेको बा २ क ११३७ नम्बरको मिनि ट्रक आफै अनियन्त्रित भई सडक छेउमा रहेको रुखमा ठोकिदा घटनास्थलै २ र बाँकी तिन जनाको उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा ज्यान गएको ईलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी प्रमुख प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरुमा  शारदा नगरपालीका १० सल्यानकी सितली कुँवर, सोही स्थानकी ३५ बर्षीय दिल्ली कुँवर र शारदानगर पालिका ३ की २ बर्षीय बालिका मम्मी गिरी  रहेका छन् ।मृतक दुई पुरुषको सनाखत हुन सकेको छैन् । घटनामा अरु १३ जना घाईते छन् । उनीहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भैरहेको छ । इट्टा भट्टामा काम गर्ने  २१ जना मजदुर बोकेको  मिनीट्रक दुर्घटनामा परको हो ।
यस्तै आज दिउँसो नवलपरासीको बर्दघाट अर्को सवारी दुर्घटना हुँदा १२ जना घाईते भएका छन् । बर्दघाटको भुताहामा लु १ ख ३१६८ नम्बरको बसले लु १ ख ७३७४ नम्बरको अर्को बसलाई पछाडीबाट ठक्कर दिएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । घाईतेमध्ये बर्दघाट २ का ३२ बर्षिय शान्ति ढकाल र ३५ बर्षिय कमल पाण्डेयको अवस्था गंभिर रहेको प्रहरीले जनाएको छ ।

Published on: 2016-05-25




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np