कैलालीमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २१ घाइते :

कैलाली, भदौ ५ । धनगढीबाट डोटी जाँदै गरेको यात्रुबाहक बस चुरे गाउँपालिका वडा नम्बर ५ खानीडाँडामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परी २१ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा जोरायल गाउँपालीका वडा नम्बर ५ का ७० वर्षीय नरबहादुर देउवा र कैलालीको जोशीपुर गाउँपालीका वडा नम्बर ५ की ४८ वर्षीया दुर्गा देवी मल्ल रहेका छन् ।

‘कर्णाली रिभर’ यातायातको ना ४ ख ५६३५ नम्बरको बस सडकबाट १५० मिटर तल खस्दा दुईजनाको मृत्यु भएको र अन्य २१ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिए ।

घाइते सबै यात्रुको अत्तरीयास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ भने १ जनालाई थप उपचारका लागि भारतको हल्द्वानी पठाइएको छ ।

Published on: 2017-08-21




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np