संविधान संशोधन विधेयक संसदबाट अस्वीकृत, पक्षमा ३४७ र विपक्षमा २०६ मत :

भदौ ५ । संविधान संशोधन विधेयक संसद वैठकबाट अस्वीकृत भएको छ । मधेश केन्द्रीत दलहरुको चित्त बुझाउने उद्धेश्यले ल्याइएको संशोधन विधेयकमाथि सोमबार (आज) संसद वैठकमा मतदान भएकोमा दुई तिहाइ मतप्राप्त हुन सकेन । 

संसद वैठकमा सोमबार ५५३ जना सांसदहरु उपस्थित रहेकोमा संशोधन विधेयकको पक्षमा ३४७ मत मात्रै पर्‍यो भने संशोधनको विपक्षमा २०६ मत प¥यो । संसदमा हाल ५९२ सदस्य रहेकोमा दुई तिहाइ पुग्न ३९५ मत आवश्यक पर्दछ । पुष्पकमल दाहाल नेतृत्वको सरकारले संसदमा पेश गरेको संशोधन विधेयक लामो समयको अलमलपछि सोमबार (आज) मतदानमा लगिएको हो । 

विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम लगायतका पार्टीहरु रहेका थिए ।

त्यस्तै, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेपाः राष्ट्रिय पार्टीलगायतका दलहरु भने संशोधनको विपक्षमा रहेका थिए । संशोधनको विपक्षमा रहेको नेकपा मालेले भने मतदान प्रक्रिया बहिष्कार गरेको थियो ।

यसअघि आइतबार (हिजो) र सोमबार (आज) संशोधन विधेयकमाथि दफावार छलफल भएको थियो । प्रदेशको सिमांकन, अंगिकृत नागरिकता, भाषालगायतका विषयहरु समेटेर संशोधन पेश गरिएको थियो । संशोधन विधेयक असफल भएपछि विपक्षी नेकपा एमालेले भने सरकारको नैतिकतामाथि नै गम्भीर प्रश्न उठेको बताएको छ ।

सरकारले ल्याएको विधेयक असफल हुनुले सरकारको वैधानिकतामाथि नै प्रश्न उठेको प्रतिक्रिया एमाले नेताहरुले दिएका छन् ।

Published on: 2017-08-21




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np