भाइरल ज्वरोबाट जाजरकोटमा दुई नाबालकको मृत्यु, सयौं विरामी :

जाजरकोट, भदौ ५ । वारेकोट गाउँपालिका–३ मा भाइरल ज्वरो र टाइफाइडबाट दुई नाबालकको मृत्यु भएको छ । स्थानीयवासी वीरबहादुर रोकायका ११ महिनाका छोरा धीरेन्द्र र जयबहादुर रोकायका नौमहिनाका छोरा मानबहादुरको सोमबार (आज) मृत्यु भएको स्थानीय शिक्षक रामबहादुर शाहीले जानकारी दिए ।

गाउँमा अहिले भाइरल ज्वरोबाट सयौं नागरिक विरामी भएका छन् । स्वास्थ्य संस्था लिम्साभन्दा टाढा रहेका कारण स्थानीयवासीले समयमै उपचार नपाएको शाहीले बताए । ‘बालबालिकादेखि वृद्धवृद्धा सबै बिरामी छन्, बिरामीलाई पाँचघण्टासम्म बोकेर अस्पतालसम्म लैजानुपर्ने अवस्था छ,’ उनले भने ।

यस्तै त्रिवेणी नलगाड–८ हल्चौरमा समेत भाइरल ज्वरोका कारण सयौं बासिन्दा विरामी परेका पञ्च भयार माध्यमिक विद्यालयका शिक्षिका नन्दा शाही केसीले जानकारी दिइन् ।

तीनघण्टा लगाएर रुकुमको आठविसकोट नगरपालिकाको राडीस्थित मेडिकलमा लगेर उपचार गर्नु परिरहेको उनले बताइन् ।

‘घरका सबै विरामी छन्, पशुचौपायलाई घाँस, पानी दिनसमेत समस्या भएको छ,’ उनले भनिन् । रासस

Published on: 2017-08-21




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np