विद्यार्थीलाई निर्घात कुट्ने शिक्षक पक्राउ, पीडित विद्यार्थीको उपचार हुँदै :

रुपन्देही, साउन २० । रुपन्देहीको रोहिणी गाउँपालिकाको धकधई क्षेत्रमा पर्ने सेमरास्थित पजरकट्टी माध्यमिक विद्यालयका एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् ।

शिक्षक रामवृक्ष यादवले कक्षा ५ मा अध्ययनरत १० वर्षीय समसुद्धिन धोवीलाई कुटपिट गरेका हुन् । विद्यार्थीमाथि भएको कुटपिटको विरोधमा अभिभावकहरुले विद्यालयमा घेराउ र नाराबाजी गर्दै तालाबन्दी गरेका छन् ।

अभिभावकहरुले यसअघि पनि शिक्षक यादवले विद्यार्थीलाई पटकपटक कुट्ने गरेको आरोप लगाएका छन् । उनीहरुले विद्यार्थी कुट्ने शिक्षकलाई कारबाहीको माग गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक पूर्णवासीप्रसाद गुप्ताले पानी खान बाहिर गएका विद्यार्थी ढिला गरी कक्षा कोठामा प्रवेश गरेपछि शिक्षक यादवले ढाडमा कुटेको बताए । पीडित विद्यार्थीको भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटलमा उपचार भइरहेको छ भने शिक्षकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Published on: 2017-08-04




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np