स्वीकृत विना संचालन गरिएका कन्सल्टेन्सीहरु बन्द गरिने पाण्डेको चेतावनी :

पोखरा, १८ साउन । शिक्षा मन्त्रालयका उपसचिव गौरीशंकर पाण्डेले शिक्षा मन्त्रालयबाट स्वीकृत विना संचालन भएका कन्सल्टेन्सीहरु बन्द गरिने चेतावनी दिएका छन् । उच्च शिक्षाका लागि विदेशमा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीहरुको भविष्यलाई लक्षित गरी व्यवसायिक शैक्षिक परामर्श निकाय केन्द्रित १० दिने इजुकेशनल काउन्सिलर ट्रेनिङको उद्घाटन कार्यक्रममा उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले कानुनसम्वत् सञ्चालन गरिएका व्यवसायिक शैक्षिक परामर्श निकायलाई कुनै समस्या नहुने तर कानुनविपरित सञ्चालन भएको पाइएमा कारवाहिको लागि कुनै कसर बाँकी नराख्ने बताए । साथै उनले हरेक कन्सल्टेन्सीले विद्यार्थी र अभिभावकलाई एउटै र सहि सुचना दिनको लागि सबैलाई आग्रह गरे । व्यवसायको नाममा कन्सल्टेन्सीले काउन्सिलको क्रममा गलत सुचना दिएर विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुको भविष्यमाथि कसैले पनि खेलवाड गर्न नपाईने उनको भनाई थियो ।

उनले कास्की जिल्लामा भएका कुनै कन्सल्टेन्सी कानुन विपरित सञ्चालन गरिएका छन् भने सिडियोमार्फत पनि बन्द गराउन सकिने शिक्षा मन्त्रालय शैक्षिक परामर्श प्रमाणीकरण शाखा प्रमुख पाण्डेले जानकारी दिए । भाषा संघ नेपालका अध्यक्ष युवराज खनालले पोखरामा भएका व्यवसायिक शैक्षिक परामर्श निकाय तथा कन्सल्टेन्सीलाई अनुशासित र मर्यादित बनाउनुपर्नेमा जोड दिए । साथै उनले विदेशका कलेज र विद्यार्थीहरुबीच पुलको काम गर्ने हरेक कन्सल्टेन्सीहरुले विद्यार्थीहरुलाई सहि सुचना सम्प्रेषण गरिदिन आग्रह गरे ।

सिटिभिटीको भाइस प्रिन्सिपल जीवन भण्डारीले तालिम लिने मात्र होईन व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । तालिम संयोजक मिना खरेलले तालिम अत्यस्तै फलदायी हुने विश्वास व्यक्त गरिन् । तालिममा नेपाल सरकारसँग स्वीकृत प्राप्त कास्कीका ३५ कन्सल्टेन्सीका ५१ जना सहभागि छन् । तालिम इन्सिच्यूड फर टेक्निकल इन्ट्रक्सन (टिआईटिआई) को आयोजनामा साउन १६ गते देखि शुरु तालिम २५ गतेसम्म जारी रहनेछ भने तालिममा प्रेम पाण्डे र शिभा फुयालले सहजीकरण गर्नेछन् ।

 

Published on: 2017-08-02




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np