शिलन्यास भएको १६ महिनापछि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु :

पोखरा, साउन १८ । शिलन्यास भएको १६ महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य सुरु भएको छ ।

निर्माणकार्यको बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले शुभारम्भ गरे ।

चिनियाँ निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कोअपरेसन लिमिटेडको एसिया प्यासिफिक डिभिजनका महाप्रबन्धक जेरी याङले विमानस्थल निर्माणमा ६० कामदार र अरु प्राविधिक गरी हाल ११० जना संलग्न रहेको जानकारी दिए । शाखा कार्यालय, अस्थायी शिविरको निर्माण भइरहेको उनले बताए ।

विमानस्थल पर्यटन विकासको महत्वपूर्ण आधार बन्ने विश्वास मन्त्री देवले व्यक्त गरे ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले ४० वर्षदेखिको पोखरेलीको सपना पूरा हुन लागेको बताए ।

विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिका संयोजक एवं व्यवस्थापिका–संसद, विकास समितिका सभापति रवीन्द्र अधिकारीले विमानस्थल निर्माणको पूर्वतयारीमा लामो समय खर्चिसकेको बताउँदै अब भने आगामी २०२१ जुलाई १० भित्र निर्माणकार्य सकिने बताए ।

यस्तै, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सन्जीव गौतमले निर्माणकार्यलाई समयमा नै सम्पन्न गराउन स्थानीय सरोकारवाला सबैको सकारात्मक सहयोग आवश्यक रहेको बताए ।

सरकारले सुरुमा ३१ सय ६ रोपनी जग्गा अधिग्रहण गरी मुआब्जा वितरण गरिसकेको छ भने पछिल्लो समय थप ५२१ रोपनी जग्गा पनि अधिग्रहण गरी मुआब्जा वितरण गरेको छ ।

विमानस्थल निर्माणको कुल लागत करिब २२ अर्ब रुपैयाँ रहेको छ ।

 

 

 

 

 

 

 

Published on: 2017-08-02




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np