किन हाम फाले अग्लो पुलबाट यी प्रेमी प्रेमिकाले :

पर्वत, १५ साउन ।  घुमघामका लागि पर्वत सदरमुकाम कुश्माबजार आइपुगेको एक युगल जोडीले मुलुककै अग्लो कुश्मा–ज्ञादी झोलुङ्गे पुलबाट हाम फालेर आत्महत्या गरेका छन् ।
शनिवार राती १० बजेको समयमा मोदीखोलामा हाम फालेर धरान उपमहानगरपालिका–११ का २६ वर्षिय अंकिन गुरुङ र ललितपुर उपमहानगरपालिका–१४ की मुना रानाले सामुहिक रुपमा आत्महत्या गरेका हुन् ।

शनिवारको दिन घुमघामको लागि आएको उक्त रातीको समयमा नेपालकै अग्लो पुलबाट हाम फालेर आत्महत्या गरेका थिए । शनिवार बेलुका कुश्मा नगरपालिका ९ कटुवाचौपारी स्थित पुलको मुखमा चिसो खाँदै निकै हर्षित देखिएको उक्त जोडीले करीब साढे ९ देखि १० बजेको समयमा बजेको समयमा कुश्मा–ज्ञादी झोलुङ्गेपुलबाट हाम फालेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो ।

विष्टले भन्नुभयो ‘शनिवार ज्ञादी साईडको स्थानीय एक पसलमा चिसो तथा खाजा खाँदा निकै हर्षित बनेको उक्त जोडी बेलुका हाम फालेपछि घटना आश्र्चयमय बनेको हो ।’ पुलमा रहेको उनीहरुको सामान देखेपछि हाम फालेर आत्महत्या गरेको हुनसक्ने अनुमानका आधारमा उनीहरुको खोजी गरिएको र विहान मोदीको किनारमा जोडीको शव भेटिएको विष्टले जानकारी दिनुभयो ।

उनिहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ । भने आफन्तहरुलाई खबर गरेर शब बुझ्नका लागि बोलाईएको समेत प्रहरीले जानकारी दिएको छ । उनिहरुको मृत्युको कारण भने पुष्टि नभएको पनि प्रहरीले जनाएको छ ।
उनिहरु ट्रेकिङ्गमा आएको पाइएको छ । उनिहरुको झोलामा राती बास बस्ने टेण्ट तथा अन्य बन्दोवस्तीका सामानहरु समेत रहेका थिए ।

 

Published on: 2017-07-30




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np