फलेवासको बजेट साढे ३७ करोड :

पर्वत, असार ३१ । पर्वत जिल्लाको फलेवास नगरपालिकाको प्रथम नगरसभा सम्पन्न भएको छ ।

शनिबार सम्पन्न नगरसभाले आगामी आर्थिक वर्ष ०७४/०७५ का लागि ३७ करोड ५८ लाख ५० हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरी पारितसमेत गरेको छ ।

जसमध्ये चालुतर्फ २२ करोड ४० लाख ५७ हजार रहेको छ भने पुँजीगततर्फ १५ करोड १७ लाख ९३ हजार रुपैयाँ रहेको छ ।

जसमा ५० लाख बराबरको जनसहभागितामा आधारित कार्यक्रमहरु सन्चालन गरिने भएको छ ।

शनिबार सम्पन्न प्रथम नगरसभामा फलेवास नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारीले बजेट प्रस्तुत् गरेकी थिइन् ।

नगरपालिकाको आयतर्फ आन्तरिक आम्दानी १ करोड २० लाख हुने अनुमान गरिएको छ । त्यस्तै, चालु आर्थिक वर्षको मौज्दान ७६ लाख, स्थानीय जनश्रमदान ५० लाख रहेको छ ।

त्यसैगरी, समानीकरण अनुदान १५ करोड ५० लाख ५४ हजार, सःशर्त अनुदान १८ करोड ४१ लाख ९६ हजार र जिल्ला समन्वय समितिबाट १० लाख रुपैयाँ प्राप्त हुने अनुमानसमेत गरिएको छ ।

स्थानिय तहमा जनप्रतिनिधि चुनिएपछि पहिलोपटक ल्याइएको बजेट, नीति तथा कार्यक्रमलाई प्रभावकारीरुपमा सन्चालन गर्न सकिनेगरी तल्लो तहमा प्रत्यक्ष सरोकार राख्ने योजनाहरुलाई प्राथमिकतामा राखिएको नगरप्रमुख पदमपाणि शर्माले जानकारी बताए ।

बजेटमा नगरपालिकाका सबै वडासम्म सडकको पहुँच विस्तार गर्ने, बागलुङको दक्षिण क्षेत्रका नागरिकहरु र देवीस्थान, शंकरपोखरी, कार्किनेटा हुँदै पोखरा जाने सहज यातायातको विस्तार गर्ने, ल्यान्डफिल्ड साइट निर्माण, ल्यान्डलिंक सिटीकोरुपमा विकास गर्ने योजनालाईसमेत प्राथमिकता दिइएको छ ।

गुणस्तरीय शिक्षामा सबै नागरिकको पहुँच अभिवृद्धि गर्ने र वन पर्यटन, उद्योग, जलविद्युत्, व्यावसायिक कृषि तथा पशुपालनको माध्यमद्वारा स्वरोजगार र रोजगार सिर्जना गरी युवाहरुलाई पलायन हुनेबाट रोक्ने योजनालाई पनि नगरसभाले प्राथमिकतामा राखेको बताइएको छ ।

Published on: 2017-07-15




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np