अछाममा १८ घर पहिरोको जोखिममा :

अछाम,असार ३१ । अछामको मेल्लेख गाउँपालिका वडा नम्बर–४ कुस्कोटको शाखाबस्तीटोलमा १८ घर पहिरोको जोखिममा परेका छन् ।

अविरल वर्षाका कारण बस्तीमाथिबाट पहिरो आउन थालेपछि जोखिम बढेको हो ।

बस्तीमाथिबाट सडक काटिएको र सडकको दुईओटा मोडबाट पहिरो खस्न थालेपछि १८ घर जोखिममा परेका हुन् ।

माथिबाट पहिरो आउन थालेपछि स्थानीयहरु घर छाडेर विद्यालयको भवनमा बस्न थालेका छन् ।

उनीहरु अहिले जनकल्याण आधारभूत विद्यालयमा बसिरहेका नेपाल रेडक्रस सोसाइटी कुस्कोट उपशाखाका सदस्य हिमाल अधिकारीले जानकारी दिए ।

ठाँटी प्रहरीचौकीबाट गएको टोलीले त्यस स्थानको जानकारी लिएको र बस्ती पहिरोको जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टले बताए ।

Published on: 2017-07-15




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np