पोखरामा पौडी खेल्नेक्रममा डुबेर १८ वर्षीय युवकको मृत्यु :

पोखरा,असार  ३१  । पोखरा लेखनाथ महानगरपालिका वडा नं ३२ को मजुवा स्थित डुडेआहालमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका वडा नं २, कोत्रेका १८ वर्षिय उज्जल गुरुङ्ग रहेका छन् ।

साथीहरु सगै पौडी खेल्न गएका उनको पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । खोलाबाट ढुङ्गा र बालुवा झिकेर बनेको रहमा डुबेर मृत्यु भएको हो ।

हिलोमा गढेको सवलाई कालिका प्रहरी शसस्त्र गण पोखराबाट उद्धारको लागि खटिएको शसस्त्र प्रहरीका शसत्र प्रहरी निरिक्षक सुमन चालिसेको टोलीले सव निकालेको थियो ।

घटनामा स्थानीय वासी इलाका प्रहरी कार्यालय डाडाको नाक र वडा प्रहरी कार्यालय पावरहाउसको प्रहरी नयाव निरिक्षक नरेन्द्रजंग कार्कीको टोलीले उद्धार गरेको थियो । उनको सवलाई पोष्टमार्टमका लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा राखीएको छ ।

 

Published on: 2017-07-15




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np