पोखराको लेकसाईडबाट हतियारसहित ८ जना पक्राउ  :

असार २७ , पोखरा । पोखराको लेकसाईडबाट हतियारसहित ८ जना पक्राउ परेका छन् । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ डिहिकोपाटनबाट ग २ च  ४१३३ नम्बरको गाडीमा पेस्तोल र गोली सहित ८ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सुचनाका आधारमा तनहुँ दुलेगौंडाका ८ जनालाई अत्याधुनिक हतियारसहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका ईञ्चार्ज प्रहरी निरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए । हतियार कहाँबाट किन लिएर आएका हुन् भन्नेबारेमा अनुसन्धान भईरहेको उनले बताए ।

पक्राउ परेकाहरु जग्गा कारोबारी रहेको बताइएको छ । उनीहरु मध्ये केही यसअघि पनि तनहुँमा हतियार खरखजाना मुद्धामा पक्राउ परेर कार्वाही भोगिसकेको अधिकारीले जानकारी दिए ।

 

 

Published on: 2017-07-11




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np