Latest News and Updates

रामपुरमा त्रिविले भर्ना लिने

चितवन, १२ जेठ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको दबाबका कारण चार वर्षअघि देखि रामपुरमा भर्ना रोकेको त्रिभुवन विश्वविद्यालयले यस वर्ष पुनः कृषि विषयको भर्ना लिने भएको छ ।

कृषिको महत्व बढिरहेका बेला विद्यार्थीको चाप र स्थानीयवासीको आग्रहमा पुनः भर्ना लिने तयारीमा पुगेको त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा तीर्थ खनियाले बताउनुभयो । त्रिभुवन विश्वविद्यालयको रामपुर क्याम्पसमा कृषि, भेटेरिनरी र पशु चिकित्साको स्नातकदेखि विद्यावारिधिसम्मको पढाइ हुँदै आएको थियो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापनासँगै स्थानीयवासी, राजनीतिक दल, प्राध्यापक, विद्यार्थी लगायतले भर्ना नलिन दबाब दिएपछि त्रिभुवन विश्वविद्यालयले रामपुरमा भर्ना रोकेको थियो तर वन विज्ञानको भने हेटाँैडामा पढाइ जारी राखेको थियो । उपकुलपति खनियाले चितवनमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत कृषि विषय पढाउनुपर्नेमा दलसमेत सकारात्मक रहेको बताउनुभयो ।

हालका लागि भने रामपुरमा नै पढाउने तयारी विश्वविद्यालयले गरेको छ । वैकल्पिक राम्रो स्थान जिल्लामा अन्यत्र पाएमा सो स्थानमा स्थानान्तरण गर्ने तयारीमा विश्वविद्यालय रहेको छ ।

रामपुर क्याम्पसका प्रमुख श्यामसुन्दर पन्तले भदौ महिनामा भर्ना लिइने बताउनुभयो । त्रिभुवन विश्वविद्यालयले कृषिमा १२० र भेटेरिनरी÷पशु चिकित्सामा ४२ जना विद्यार्थी भर्ना लिँदै आएको थियो । पछिल्लो समय कृषि तथा वन विज्ञान विश्वविद्यालयभित्र आन्तरिक कलह बढेसँगै त्यसको फाइदा उठाएर त्रिभुवन विश्वविद्यालय पुनः रामपुर छिर्न लागेको अनुमान गरिएको छ ।

 

time Published on:  2016-05-26    | Read More




नवलपरासीमा भएको सवारी दुर्घटनामा  मृत्यु हुनेको संख्या ५ पुग्यो, फेरी अर्को दुर्घटना १२ घाईते

जेठ १२,  नवलपरासीमा आज भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने २५ जना घाईते भएका छन् । बिहान ५ बजे पुर्व पश्चिम राजमार्ग अन्तर्गत गैडाकोटको हर्कपुरमा भएको मिनीट्रक दुर्घटनामा ५ जनाको मृत्यु भएकोे हो । सल्यानबाट काठमाण्डौका लागि छुटेको बा २ क ११३७ नम्बरको मिनि ट्रक आफै अनियन्त्रित भई सडक छेउमा रहेको रुखमा ठोकिदा घटनास्थलै २ र बाँकी तिन जनाको उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा ज्यान गएको ईलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी प्रमुख प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरुमा  शारदा नगरपालीका १० सल्यानकी सितली कुँवर, सोही स्थानकी ३५ बर्षीय दिल्ली कुँवर र शारदानगर पालिका ३ की २ बर्षीय बालिका मम्मी गिरी  रहेका छन् ।मृतक दुई पुरुषको सनाखत हुन सकेको छैन् । घटनामा अरु १३ जना घाईते छन् । उनीहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भैरहेको छ । इट्टा भट्टामा काम गर्ने  २१ जना मजदुर बोकेको  मिनीट्रक दुर्घटनामा परको हो ।
यस्तै आज दिउँसो नवलपरासीको बर्दघाट अर्को सवारी दुर्घटना हुँदा १२ जना घाईते भएका छन् । बर्दघाटको भुताहामा लु १ ख ३१६८ नम्बरको बसले लु १ ख ७३७४ नम्बरको अर्को बसलाई पछाडीबाट ठक्कर दिएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । घाईतेमध्ये बर्दघाट २ का ३२ बर्षिय शान्ति ढकाल र ३५ बर्षिय कमल पाण्डेयको अवस्था गंभिर रहेको प्रहरीले जनाएको छ ।


time Published on:  2016-05-25    | Read More




पश्चिमाञ्चल प्राबिधीक शिक्षालयको २१ औंवर्षिकउत्सव तथा रक्तदान सम्पन्न

 

पोखराको नदिपुर अवस्थीत पश्चिमाञ्चल प्राबिधीक शिक्षालयको २१ औं वषिकउत्सव को अवसरमा आयोजना गरीएको खुला रक्तदान कार्यक्रममा २० युनिट रगत संकलन भएको छ । शिक्षालयको प्राङगणमा आयोजना भएको कार्यक्रममा सि.एम.ए तथा ल्याव एसिस्टेन्ट का प्रशिक्षार्थी लगायत शिक्षक कर्मचारी गरी २० जनाले रत्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी कास्की, एवं क्षेत्रिय रक्त संचार केन्द्र पोखरा का मेडिकल टेक्नोलोजिष्ट अर्जुन ज्ञवालीको प्रमुख आथित्यमा भएको कार्यक्रममा सञ्चालन विद्यार्थी सुर्य कुमारी घर्तीले गर्नुभएको थियो । कार्यक्रममा ज्ञवालीले यो शिक्षालयले विगत २१ बर्ष देखी पोखरामा प्राविधिक शिक्षा सिकाउदै आएको बताउदै शिक्षाको अलावा समय समयमा धेरै सामाजीक कार्यमा समेत यो शिक्षालय अग्रणी स्थानमा रहेको बताउनु भयो । सोही समारोहममा शैक्षिक सत्र २०७१ । ०७२ का विद्यार्थीहरुले हाल अध्ययानरत विद्यार्थीहरु लाई स्वागत गरेका थिए भने हाल अध्ययानरत विद्यार्थी हरुले गत शैक्षिक सत्रमा अध्ययान गरेका विद्यार्थी हरुलाई खादा साथै अबिर द्दारा बिदाई गरेका थिए । दुबै शैक्षिक सत्रमा अध्ययान गरेका विद्यार्थी हरुका बिच आपसी सम्बन्ध साथै आफुले सिकेका सिपहरु आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उतm कार्यक्रममा शिक्षालयका निर्देशक साथै कार्यक्रमका सभापती ईश्वर बन्धु गौतमले यो बिदाईको क्षण रमाइलो नभएतापनि यो आउने जाने प्रक्रीया प्राकृतिक प्रकृया हो साथै यहाँ अध्ययान गरेका विद्यार्थीहरु नेपालको विभिन्न स्थानहरुमा अहिले कार्यरत रहेको बताउदै यस्ता कार्यक्रमले धेरैका विचमा आपसी सम्वन्ध बढ्छ, भन्नु हुदै तपाईहरुले सिक्नु भएको सिपलाई राम्रो सँग धेरैको सेवाको लागी प्रयोग गर्नुस भन्दै सहभागीहरुलाई उत्साह दिनुभएको थियो । उक्त कार्यक्रममा शैक्षिक सत्र २०७१। २०७२ का विद्यार्थीहरुले आफ्नो सिकाइ साथै अनुभव एकअर्का विच साटेका थिए । उक्त कार्यक्रममा सि. एम. ए तथा ल्याव टेक्नेसीयन अध्ययन गर्ने करिव १६० जना विद्यार्थीहरु साथै शिक्षालयका शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेको थियो । सहभागी विद्यार्थीहरुले उक्त कार्यक्रलाई रमाइलो वनाउन आफु मा रहेका प्रतिभाहरु प्रदर्शन गरेका थिए । उक्त कार्यक्रममा जालमति गैह्े, विनोद पौडेल, कल्पना ल्वाङ्वा, देवी त्रिपाठी लगायतले आफ्नो मन्तव्य तथा सि. एम. ए तथा ल्याव टेक्नेसीयन वारे प्रकाश परेका थिए ।

–प्रकाश पौडेल

 


time Published on:  2016-02-22    | Read More




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np