Latest News and Updates

दिउँसो २ बजेसम्म ५३ प्रतिशत मत खस्यो : आयोग

असार १४ । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतदान जारी छ ।

बुधबार दिउँसो २ बजेसम्म ५३ प्रतिशत मत खसिसकेको निर्वाचन आयोगले जनाएको छ । आयोगकाअनुसार देशभर शान्तिपूर्ण ढंगले उत्साहपूर्वक मतदान भइरहेको छ ।

प्रदेश नम्बर–१, ५ र ७ मा पर्ने ३५ जिल्लाका ३३४ स्थानीय तहमा मतदान भइरहेको हो ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान अपराह्न ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

७४४ स्थानीय तहमध्ये प्रदेश नम्बर–३, ४ र ६ का २८३ तहमा गत वैशाख ३१ गते निर्वाचन भइसकेको छ भने प्रदेश नम्बर–२ का १२७ स्थानीय तहमा तेस्रो चरणमा असोज २ गते निर्वाचन मिति तोकिएको छ ।


time Published on:  2017-06-28    | Read More




प्रधानमन्त्री देउवाको सुरक्षाका लागि गएको जिप दुर्घटना  :

धनगढी, १४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षाका लागि खटिएको प्रहरी टोली सवार जिप धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्ग अन्तर्गत पर्ने कैलालीको फल्टुडेमा आज दुर्घटनामा परेको छ ।

से १ ज १५०३ नं को सो जिप सडकमै पल्टिँदा नौ प्रहरी घाइते भएकामा दुई जनाको अवस्था केही गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता वीरबहादुर बुुढा मगरले बताउनुभयो ।

प्रधानमन्त्री देउवा आफ्नो गृह जिल्ला डडेलधुरामा मतदान गरी धनगढीतर्फ आउन लाग्नुभएको बताइएको छ ।

 


time Published on:  2017-06-28    | Read More




विश्वभरका कम्पनी साइबर हमलाको मारमा  :

असार १४   विश्वभरका कम्प्युटर प्रणालीमा एउटा ठूलो साइबर हमला भएको छ । हमलाका कारण ब्यांक, साना व्यापारी, उर्जा फर्महरु र यातायात सञ्जाल प्रभावित भएका छन् ।  उक्त भाइरस पहिलो पटक युक्रेनमा फेला परेको थियो र त्यहाँको सरकारी उर्जा कम्पनी साथै देशको मुख्य विमानस्थलमा समस्या देखिएका विवरण आएका थिए ।

भाइरस लागेको कम्प्युटर खोल्ने वित्तिकै प्रयोगकर्ताहरुलाई पहिचान नखुलेको खातामा विद्युतीय मुद्रा बिट कोइन्सका रुपमा ३०० डलर फिरौती नतिरेसम्म उनीहरुको कम्प्युटर नखुल्ने चेतावनीमूलक सन्देश दिइएको बताइएको छ ।
डेनमार्कको सबैभन्दा ठूलो सिपिङ कम्पनी मर्स्क, रुसी तेल कम्पनी रोसनियेफ्ट र अमेरिकी फार्मास्युटिकल कम्पनी मर्कका कम्प्युटर प्रणाली अवरुद्ध भएका छन्।

यसैबिच अमेरिकी सुरक्षा निकायले उक्त हमलाको अनुगमन गरिरहेको जनाएको छ । रुसी एण्टी भाइरस फर्म क्यास्परस्की ल्याबले उसको विश्लेषणमा झण्डै २हजार वटा हमला भएको र अधिकांश युक्रेन, रुस र पोल्याण्डमा भएको जनाएको छ।

यसअघि ’वानाक्राई’ नामक भाइरसमार्फत दुई महिना अघि विश्वव्यापी साइबर हमला गरिएका थिए जसबाट ब्रिटेनको न्याश्नल हेल्थ सर्भिस नराम्रोसँग प्रभावित भएको थियो।

 


time Published on:  2017-06-28    | Read More




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np