Latest News and Updates

करोडौ रकम हिनामिना गरी फरार भएका रविचन्द्रले खुल्लापत्र लेख्दै यसो भने ..

पोखरा ११ बैशाख । आफु कार्यरत बैंक, सोहि बैंकका ग्राहक र अन्य बैंक तथा वित्तिय संस्थाको साथै विभिन्न ब्यक्तिसँग करोडौ रकम हिनामिना गरी फरार भनिएका रविचन्द्र खनालले फेसबुक मार्फत खुल्ला पत्र लेखेका छन् । कैलाख विकास बैंक लामाचौर शाखाका प्रमुख खनाल बैशाख १ गते एकाएक फरार भएको र करोडौ हिनामिना भएको समाचार प्रकाशन प्रशारणमा आएपछि उनले फेसबुक मार्फत खुल्ला पत्र लेखेका हुन् ।

फरार भएपछी आफ्नो फेसबुक एकाउन्ट समेत निष्क्रिय बनाएका खनालले १० दिन पछी आइतवार बिहान लगभग ३ बजेको समयमा खुला पत्र भन्दै स्टाटस राखेका हुन् । उनले स्टाटस मार्फत आफु विदेशमा भएको स्विकारेका छन् ।
आफुले बैक तथा सर्वसाधारणको रकम दुरुपयोग गरेको स्वीकारोक्ति गर्दै खनालले स्टाटसमा सो पैसा आफुसँग नभइ अन्य व्यक्तिले चलाएको आरोप लगाएका छन । उनले पत्रमा आफुसँग पैसा लगेर चलाउनेहरुको नाम समेत किटान गरेका छन् ।
उनले रकम स्पष्ट नखुलाई मुख्य रकम प्रयोग गर्ने ५ जना रु १० लाख सम्म रकम प्रयोग गर्ने २ जना र रु ५ लाख सम्म रकम प्रयोग गर्ने २ जनाको नाम उल्लेख गरेका छन् । पत्रमा खनालले नराम्रो व्यक्तिको संगतले आफु फसेको बताउदै चर्को ब्याजमा रकम लेनदेन गर्दै जादा फसेपछि नचाहदा नचाहदै बैंकको रकम समेत चलाउन पुगेको स्विकार गरेका छन् ।
खुल्ला पत्रको रुपमा उनले फेसबुकमा लेखेको स्टाटस जस्ताको तस्तै :
आदरणीय , मित्रहरू , इष्ट मित्रहरू ,घर परिवार , तथा शुभ चिन्तकहरु मा मेरो नमस्कार ।
२०७४ बैशाख १ गते बेलुका सम्म राम्रै भनिएको मानिस, बैशाख ३ गते बाट एका यक नराम्रो , फटाह, चोर र भगुवा भयेको छ । यो समय को खेल रहेछ । मैले जिन्दगीमा कसैको नराम्रो सोचिन । जस्ले जति बेला जे भन्छ्न तेस्को लागि रात दिन भनिन । बोरु घर परिवार लाई समय दिन सधै दोस्रो सोचमा राखे । स्वभावैले म सबैको राम्रो नै होस भन्ने चाहन्थे । येहि स्वभाव का कारण नै आज म देश छोड्न बाध्य भयेको छु। मन भरी पिडा र छट पटा पन मात्रै भैरहेको छ । यहा कसैले समाउला देख्ला भन्ने किन्चित छैन बोरु, मन भरी का बयेथा ओक्ल्न पाये हुन्थ्यो मत्रै भइरहेको छ । मेरो जिन्दगी बच्चा बाटै मध्यम खालको थियोे । बा, आमा, हजुर आमा हरुले दुखै गरेर पढाउनु भएको हो , आरोह अबरोह पार गर्दै , बैंक मा जगिर खाएको हो । बैंक मा जागीर खादा येक पटक उच तहमा पुग्ने चाहना नहुनू पनि अश्वाभाबिक थिएन तेसैको लागि, सस्था प्रती मेरो लगाब सधै रहि रह्यो । बि बि ए पढ्दा पोखरामा एफएम बल्ल भित्रीएको थियो । रेडियोबाट राम भक्त जोजि ज्यु को (उडेर जुन छुन्छु भन्थे गित निकै बज्थ्यो । मैले पनि केही पटक फर्माइस गरेको थिए , सायद आज मेरो जीवन तेस्तै भएको छ ।
सबै को जिवनमा राम्रा नराम्रा मान्छे हरु संगत गर्न आइपुग्दा रहेछन् मेरो जिबनमा पनि आये तिनीहरु लाई चिन्न नसक्नु मेरो ठुलो भुल भयो । बिगत ५ बर्ष देखि म तिनै मानिसको संगत मा परे, जश्ले एक पछी अर्को आर्थिक सहयोग माग्दै गए म बीचमा बसेर सहयोग गर्दिय । प्रतेक पटक येति गर्दिनु भयो भने १० दिन १५ दिन १ हप्ता पछी हाम्रो हिसाब मिल्छ भन्दै गए। चर्कै ब्याज मा लिने दिने राजि भये पछी मिलाउन न त कारोबार भन्ने सोचे र बिचमा बसेर कारोबार गराइदिए । सुरु मा केही रकम मलाइ पनि न आयेको होईन तर बिस्तारै उनिहरुले रकम नदिने तर लिन पर्ने मान्छे हरु म सङ्ग आउने भये पछी फेरि अर्को सङ्ग ब्याज सहितको रकम माग्दै दिन थाले नत्र आफुलाइ मुछि दिन्छ्न कि जस्तो डर लग्दै गयो । उनिहरुले नै तिर्नुपर्ने भये पछी म किन नराम्रो हुने भन्ने सोचे । एक पछि अर्को मान्छे लाई २० लाख ,३० लाख, ४० लाख सम्म गर्दिनुहोस तेस पछी हामी मिलाउछु भन्दै गए। हिसाब मिल्छ कि भन्दै लगानी कर्ता लाइ भन्दिदै गए । ब्याज लिने मान्छे हरु एकै दिनमा , दुई दिन मै वा एक हप्ता मा नै राम्रो ब्याज पाउने भये पछी दिदै गय । पैसा फिर्ता पायेको केही समयमा काम छैन भनेर सोधपुछ गर्थे, अनि फेरि अर्को लाई तिर्न केही समस्या हुने थिएन । यसरिनै रकम एक पछी अर्को गर्दै १, को २ , २ को ४ हुँदै गयो, आफू रोकिनु जुन सुकै बेला घातक हुने थियोे । लगेका ले पैसा नदिने, पैसा लगानी गर्ने हरुलाई आफ्नो इज्जत जोगाउन दिन दिनै ओल्टाइ, पोल्त्टाइ गरिदिनु पर्ने, यो संगै रकम को साइज पनि ठुलै पुग्यो । आन्तिम दिन हरु मा बाध्येताले बैंक लाई नै छुन पर्ने भयो । एक रति पनि मन मा थिएन यसो गर्नु पर्ला भन्ने तर बाध्यता बन्दै गयो ।
कागजको जस्तो लाग्ने कारोबारमा वास्तविक पैसा प्रयोग हुन थाले पछी र पैसा लगेका हरु अज क्लोजिइङ मिलाउन पाये सबै मिल्छ भन्न थाले पछी म हिंड्नु बाहेक केही अरु उपाय भएन । आफ्नो सबै उजाडिए पछी कसैलाई केही नभनी म हिडे । एत्रो करोबार हुँदा पनि मैले न नजिकका साथीभाइ लाई भने न श्रीमती न घर परिवार र आफ्न्त कसैलाई भने । कि सुरुमै भनेको भये कसैले येस्तो गर्न हुन्न भन्थे होलान् तर रकम ठूलो भये पछी सबैले आफुलाइ नै मूर्ख भन्ने डर ले आफू भित्रै दबाइ रहे । कसैको पैसा मैले आफ्नो बक्तिगत प्रयोगमा प्रयोग गरेको छैन बोरु आफ्नै बोनस लगायत का पैसाहरु उनिहरुकै हिसाब मिलाउन प्रयोग भयेका छन । जो सुकै ले हेर्न अनुसन्धान गर्न सक्छ, हामिले अस्वाभाविक धन आर्जन गरेको, वा, जग्गा तथा शेयर किनेको भए । कति पीडा लुकाएर बसे होला म , आज आफै चकित परेको छु । न कसैले पीडाको अनुभव गरे, न कसैले भेउ पाये, म आफै भित्र पिल्सिय मात्र । येस्तो हालत मा पुर्याउने सुन्दर जीवन माटोमा बिल्याउने निम्न ब्याक्तीहरु बाट नै रकम हरु असुली गरिइउन , उनिहरु उम्किन नपाउन भन्ने नै मेरो आश्ये हो ।
मुख्य रकम प्रयोग गर्ने ब्याक्तीहरु

१  पुर्ण बहादुर थापा – हाल नयाँ गाउँ, पोखरा ।
२  कृष्ण कुमार राजभण्डारी – नयाँ बजार, पोखरा ।
३  अ्मृत पण्डित – हाल बुढी बजार ।
४  रबि जिम्बा – हाल पोखरा ५, पर्श्याङ
५  अमर कुमार श्रेष्ठ – सबिक देउराली , हाल बिरौटा

१०  लाख सम्म मात्र

६  शंकर पौडेल – दमौली ।
७  नरेन्द्र जि। सि – साबिक पर्वत । हाल चितवन ।
५ लाख सम्म मात्र
८  शिव बास्तोला, कुमार – हाल नयाँ बजार
९ राजेश कुवर – बगाले टोल ।

जो जस्ले सुरु बाटै लगानी गरेर आफ्नो पैसाको १ गुणा देखि ४, ५ गुणा सम्म प्रतिफल लि सक्नु भएको छ, उहाँहरूले अन्तिममा दिएको सवा को लोभ गरे पनि तपाईं हरुकै कारण आज रकम ठूलो भएको हो ।

उति बेला केही धितो नराखी जति पनि रकम दिनु भयो तपाई हरुले तेसरी कमाउने लोभमा नदिएको भये म यसमा मुछिनु पर्ने थिएन । नयाँ मानिस हरु जस्ले अन्तिम समयमा सहयोग गरेर पीडित हुनु हुन्छ, म उनीहरु प्रती अत्यन्त दुखी छु । मेरो मन जलिरहेको छ ज । तपाईंहरु को विश्वासलाई मैले जोगाउन सकिन । राम थापा सर , म जस्तै पीडित हुनुहुन्छ होला । उहाँ ले पनि धेरै नै बिश्वास गरेर । बिहान बेलुका , रात नभनी, पैसा दिनु भयो, उहाँ ले पनि अरु संगै मागेर दिनु भयेको मलाई थाहा छ । मिल्दै जाला भन्ने आश उहाँ मा पनि थियो होला । तर मिल्न सकेन । कति सकिन्छ माथी उल्लेखित ब्याक्तीहरु संग उठाउनु होला । ब्याज ले साबा कभर गरि सकेका लाई पक्कै तिर्न गाह्रो हुन सक्छ । न पैसा आज तपाईं संग छ । न म सग ।

साना तिना रकम समाजमा चलेको ब्याज दर मा दिने हरु पनि कति दुखी छन होला । रकम दिन सक्ने अवस्था मा उनिहरुलाइ प्राथमिकता दिनु होला ।

म त अब जिन्दगीभर खुशी हुन सकिन, श्रीमती , छोरीहरु, बा, आमा , हजुरआमा , बहिनी , नजिक का इस्ट मित्र साथी भाइ सुबेकक्षुकहरु लाई सार्है पिडा दिए , एउटा् सिङो जीवन बुढा पाकाको एउटा उखान सिक्न बित्यो – कसैको सुति नपस्नु … अब के नै गर्न सकिन्छ र । निर्दोष परिवार का सदस्यहरु को सुरक्षा र मानवीय सम्मान होस् ।

 
 

time Published on:  2017-04-23    | Read More




विद्युत प्राधिकरणको तीन सञ्चालकलाई हटाउने निर्णय सर्वोच्चद्वारा सदर

वैशाख ११ । नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकलाई हटाउने उर्जा मन्त्रालयको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आइतबार रिट निवेदन खारेज गर्दै उर्जा मन्त्रालयको निर्णय सदर गरेको हो । मन्त्रालयको निर्णयविरुद्ध प्राधिकरण सञ्चालक समितिका तीन सदस्य लक्ष्मण प्रसाद अग्रवाल, मनोज कुमार मिश्र र सुरज लामिछानेले सर्वोच्च रिट निवेदन दिएका थिए । लोडसेडिङ अन्त्य गर्ने अभियानमा अवरोध गरेको भन्दै उर्जा मन्त्रालयले गत पुस ४ गते उनीहरुलाई पदमुक्त गरेको थियो ।


time Published on:  2017-04-23    | Read More




ट्रिपर दुर्घटनामा चार जनाको मृत्यु

वैशाख ११। पाल्पामा आइतबार भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । तिनाउँ गाउँपालिका वडा नम्बर–३ झुम्सामा भएको ट्रिपर दुर्घटनामा चार जनाको मृत्यु भएको हो । लु१ख ९०३१ नम्बरको ट्रिपर सिद्धार्थ राजमार्गबाट गिट्टी खानीतर्फ जाँदै गर्दा दुर्घटना भएको हो । 

दुर्घटनामा परी तिनाउँ गाउँपालिका, वडा नम्बर–३ का चालक पुर्ण बहादुर सारु, उनकी श्रीमती बाल कुमारी सारु, छोरा हिमेश सारु र टिप्परका सहचालक विमल कनौजाको मृत्यु भएको हो । उनीहरुको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी आइतबार नै पाल्पाको रिब्दिकोट गाउँपालिका वडा नम्बर ७ मा भएको जीप दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । बतासेबाट तानसेन आउँदै गरेको लु १ ज १५८१ नम्बरको जिप दुर्घटनामा परी रिब्दिकोट–७ का राम बहादुर गाहाको घटनास्थलमै मृत्यु भएको हो ।


time Published on:  2017-04-23    | Read More




आजबाट मणिपाल शिक्षण अस्पताल संचालनमा आउने, काउन्सिलले माग्यो स्पष्टिकरण 

वैशाख ११ । चिकित्सकको आन्दोलनका कारण दुई महिनादेखि बन्द रहेको पोखराको मणिपाल शिक्षण अस्पताल भोलिबाट संचालनमा आउने भएको छ । स्थानीय फुलबारी क्लबको अग्रसरतामा आन्दोलनरत चिकित्सक र प्रशासनबीच भएको वार्तामा सहमति जुटेपछि अस्पताल संचालनमा आउने भएको हो ।

शनिवार मुस्ताङमा भएको बस दुर्घटनाका गम्भीर घाइते भएका १५ जनालाई उपचारका लागि ल्याइएकोमा चिकित्सकहरुले आफुहरु आन्दोलनमा भएको भन्दै उपचार गर्न अस्वीकार गरेका थिए । चिकित्सकहरुको कदमले आक्रोशित बनेका स्थानीयवासीले शनिवार साँझ अस्पतालको मुल गेटमा तालाबन्दी गरी आइतबार (हिजो) विहान आन्दोलनमा रहेका चिकित्सकलाई समेत नियन्त्रणमा लिएका थिए । त्यस्तै, जनस्तरबाट व्यापक आलोचना भएपछि घाइतेको उपचार गर्न अस्वीकार गर्ने चिकित्सकहरुको नामवलीसहित मेडिकल काउन्सिल नेपालले अस्पताललाई स्पष्टिकरण मागेको छ ।


time Published on:  2017-04-23    | Read More




माओवादी केन्द्रले आचारसंहिता उल्लंघन गरेको कांग्रेस-एमालेको आरोप

१० बैशाख, रामेछाप । रामेछापका दुई ठुला राजनितिक दलहरुले रामेछापमा माओवादीका नेताबाटै आचारसंहिता उल्लंघन भएको आरोप लगाएका छन् । उनीहरुले मुख्य निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन् । जिल्लाको विभिन्न स्थानमा बिजुलीको पोल झार्ने र भोट हाल्नेलाई बिजुली बालिदिने भन्दै माओवादी केन्द्रका सांसद श्यामकुमार श्रेष्ठले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेस र एमालेले मुख्य निर्वाचन अधिकृत किरण प्रसाद सिवाकोटीको ध्यानाकर्षण गराएका हुन् । आइतबार भएको छलफलमा उनीहरुले यसअघि स्वीकृत नभएका र योजनामा समेत नरहेका स्थानमा बिजुली बाल्नका लागि पोल लाने र डोजर लिएर गाउँगाउँमा सडक खन्ने काम भएको भन्दै आपत्ति जनाएका हुन् ।

कार्यक्रममा कांग्रेस सभापति लवश्री न्यौपानेले जिल्लाको सुनापती गाउँपालिकाको सबै वडा लगायत विभिन्न ठाउँमा भोट दिनुपर्छ भन्दै बिजुलीको पोल लाने काम भइरहेको बताए । एमाले रामेछापका अध्यक्ष शान्ति प्रसाद पौडलले श्रेष्ठको नेत्तृत्वामा निर्वाचन आचारसंहिताको उल्लंघन भएको आरोप लगाए । उनले जिल्लाको दोरम्वा गाउँपालिका वडा नम्वर १ र १० तथा मन्थली नगरपालिका ४, साविकको डडुवा, राकाथुम र सुनापती गाउँपालिका लगाएतको स्थानमा सांसद श्रेष्ठको नेतृत्वमा बिजुलीको पोल झार्ने काम भएको बताए । उनले यस्ता कार्यले अपि्रय घटनाहरु निम्त्याउन सक्ने भन्दै त्यस्ता घटना भए भागेदार नेकपा माओवादी केन्द्र हुने बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता मैनकुमार मोक्तान मदनले जिल्लाका सबै राजनीतिक दलबाट केहि कमजोरी भएकाले अबको दिनमा यस्तो कार्य गर्न नहुने बताए । मुख्य जिल्ला निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले झण्डै २ दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा संयमित भएर लाग्न आग्रह गरे । उनले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता जिम्वेवार ढंगले पालना गर्न सरोकार राख्ने सबै निकायलाई आग्रह गरे ।

 


time Published on:  2017-04-23    | Read More




आदर्श डान्स मास्टर–२०७३ | पत्रकार भेटघाट कार्यक्रम                                                                                         

पोखरा २९ । आदर्श कला साँस्कृतिक परिवारले आयोजना गर्न लागेको आदर्श डान्स मास्टर–२०७३ को जानकारी सम्बन्धमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । गरिब तथा जेहेन्दार विद्यार्थीका लागि शिक्षामा र बृद्धाश्रम सहयोगार्थ कार्यक्र आयोजना गरिएको संयोजक राजेश खड्काले बताए । 

उत्सुकता तथा उदासिनता भित्र लुकेर रहेका कला र सँस्कृतिलाई उजागर गरौं भन्ने मुल नाराका साथ कार्यक्रम आयोजना गरिएको छ । वर्तमान समयमा कलालाई व्यावसायमा मात्र हेरिएकाले कलाको उचि सम्मान हुन नसकेको कार्यक्रम उद्घोषक शितलभेट बस्यालले जानकारी दिए । कार्यक्रम पश्चिमाञ्चलका सम्भव भएसम्म सम्पूर्ण जिल्लाहरुमा अडिसन हुने बताइएको छ ।    


time Published on:  2016-07-13    | Read More




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np