Latest News and Updates

पोखरामा साउन १ गतेदेखि हर्न बजाउन नपाइने :

पोखरा,असार १५  पोखरा लेखनाथ महानगरपालिका भित्र साउन १ गतेदेखि हर्न बजाउन नपाइने भएको छ । महानगरको ट्राफिक ब्यवस्थापन सम्बन्धमा बिहीबार बसेको सर्बपक्षीय बैंठकले साउन १ गतेदेखि महानगरक्षेत्र भित्र नो हर्न नीति लागू गर्ने निर्णय गरेको हो ।

यसअघि बैंशाख १ गतेदेखि काठमाडौं उपत्यका भित्र हर्न वजाउन नपाइने नियम लागू भएको थियो । आकस्मिक बाहेक अन्य अबस्थामा हर्न बजाउन नपाउने नियम लगाउन लागेको हो । महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले आगामी साउन १ गतेदेखि पोखरा लेखनाथ महानगरलाई हर्न बजाउन नपाइने महानगरको रुपमा विकास गर्ने निर्णय भएको बताए ।

त्यसका लागि असार महिना प्रचार प्रसार गरिनेछ । महानगरको विभिन्न क्षेत्र तथा विभिन्न सञ्चार माध्यम मार्फत हर्न बजाउन नपाइने बारे जनचेतनामुलक सुचना प्रबाह गर्ने र साउन १ गतेदेखि नियम लागु हुनेछ । यो नियम एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकललगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारीका हकमा लागू हुनेछैन ।

गम्भिर दुर्घटना हुने गरी खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने मोड आएमा मात्रै हर्न बजाउन पाइनेछ । यस्ता जोखिमयुक्त मोडहरुमा पनि प्रेसर हर्न बजाउन पाइने छैन ।

अनावश्यक रुपमा हर्न बजाए ट्राफिक प्रहरी र यातायात ब्यवस्था विभागले ५ सय रुपैयाँसम्म जरिवाना गर्नेछ । यस्ता कारवाहीको रेकर्ड पनि राखिने छ । दोस्रोपटक पनि हर्न बजाएको कारवाहीमा परे १ हजार रुपैयाँ र तेस्रोपटक कारवाहीमा पर्दा १५ सय रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ ।

 


time Published on:  2017-06-29    | Read More




पोखराको छोरेपाटनमा जमिन भासियो :

पोखरा, असार १५ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ को छोरेपाटनमा जमिन भासिएको छ । सिदार्थ राजमार्ग देखी करिब २ सय मिटर भित्र सितलमार्ग बस्तीमा नजिकै जमिन भासिएको हो ।

करिब ५ मिटर गहिरो खाडल परेको स्थानीयले जानकारी दिए छन् । स्थानिय एक व्यक्तिको खेतमा रोपनका लागि जमिनमा पानी राखेको र सोही कारण बासिएको स्थानीयको भनाई छ ।

नजिकै दामोदर खोला आसपासमा प्लटिङ् गरिए पछि पानीको निकास रोकिएका कारण उक्त जमिन भासिएको हुन सक्ने जग्गा धनिले उल्लेख गरेका छन् ।

 


time Published on:  2017-06-29    | Read More




यी हुन् आक्रमणकारीले हानेको बम समातेर फाल्ने प्रहरी :

दाङ, असार १४ । दाङको तुलसीपुर–३ अम्बासस्थित आधारभूत निम्न माध्यमिक विद्यालय मतदान केन्द्रमा बुधबार स्थानीय तह निर्वाचन बिथोल्ने उद्देश्यले फालिएको बमलाई एक प्रहरी हवल्दारले समातेर सुरक्षित ठाउँमा फाल्न सफल भएका छन् ।

आक्रमणकारीले बम हान्नासाथ प्रहरी हवल्दार दुर्गाबहादुर रानाले ज्यानको जोखिम मोलेर त्यसलाई आफ्नो हत्केलामा थाप्दै सुरक्षित ठाउँमा फालेका हुन् ।

मतदान सुरु भएको तीन घन्टापछि दुई आक्रमणकारीहरुले मतदान केन्द्र रहेको स्कुलको पर्खालबाहिरबाट प्रहरीलाई लक्षित गर्दै सुतलीबम फ्याँकेका थिए ।

त्यसरी बम फ्याँकेको देख्नासाथ मतदान केन्द्रमै खटिएका प्रहरी हवल्दार रानाले त्यसलाई हत्केलामा समातेर मतदान केन्द्रभन्दा ५० मिटर पर फालेका थिए ।


time Published on:  2017-06-28    | Read More




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np